• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

  •   बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको छ । न्यायाधीशबीचको राय बाझिएसँगै अब सो मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । अब यो मुद्दामा तीन जना न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

    कालीगण्डकी डाइभर्सन परियोजना विवाद

    सार्वजनिक सरोकारको विषयमा परेको सो रिटमा तीनपटक आदेश जारी भइसकेको छ । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले दायर गरेको रिटमा सोमबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । अन्तरिम आदेश जारी गर्ने विषयमा दुई न्यायाधीशबीच मत बाँझिएपछि सो मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

    न्यायाधीश राउतले आयोजना तत्काल रोक्न अन्तरिम आदेश जारी गरे पनि न्यायाधीश फुयाँलले भने धार्मिक महŒव नघटाई आयोजना निर्माण गर्न सकिने भन्दै अन्तरिम आदेश जारी नहुने भनेका छन् ।

    न्यायाधीश राउतले आफ्नो रायमा भनेका छन्, ‘विपक्षीका नाममा अन्तरिम आदेश जारी भइसकेको परिप्रेक्ष्यमा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कालीगण्डकी नदीको प्राकृतिक बहावलाई डाइभर्सन ९पथान्तरण० नगर्नु तथा जलवायु(पर्यावरण प्रतिकूल हुने कुनै काम कारबाही नगर्नू एवं कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना सञ्चालन नगर्नू ।’

    न्यायाधीश हरिप्रसाद फुयाँलले न्यायाधीश राउतको आदेशमा फरक मत राखेका छन् । ‘कालीगण्डकी नदी प्राग ऐतिहासिक रहेको र यसमा प्राप्त गरिने शालिग्रामले पृथ्वीका प्राणीको उत्पतिभन्दा पहिलेका वस्तुगत प्रमाण अन्तर्निहित रहेको र विशेषत धार्मिक रूपमा सो नदीको पवित्रता र ज्ञान तथा भक्ति मार्गमा लाग्ने र मोक्षको खोजी गर्ने व्यक्तिहरूको यौगिक स्थल मात्र नभई दूधकुण्डदेखि त्रिवेणीसम्म विभिन्न आश्रम, धाम, स्थलहरू भई नै महŒवपूर्ण कुरामा पर्याप्त अध्ययन, अनुसन्धान नगरी नदी नै डाइभर्सन गर्ने नाममा कालीगण्डकी नदीको स्वाभाविक बहाव र स्वरूप कसैले पनि बिगार्न र परिवर्तन गर्नुहुँदैन,’ फुयाँले आदेशमा भनेका छन् ।

    न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा भएको सुनुवाइमा अन्तरिम आदेश जारी गर्ने विषयमा उनीहरूबीच मत बाझिएपछि सो मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

    नदी भनेको प्राकृतिक स्रोत पनि हो र सम्पदा पनि हो । सदियौंदेखि यस नदीसँग जोडिई आएको प्रकृति, संस्कृति र सभ्यता वास्तवमा हाम्रा धरोहर नै हुन् । यिनलाई क्षतविक्षत हुन दिनुहुँदैन । सबैले मिलेर यसलाई जोगाउनु, बचाउनु र संरक्षण गर्नुपर्छ । हाम्रो आस्था, प्रकृति र वातावरणका सम्बन्धमा निम्नानुसारको संवैधानिक तथा कानुनी व्यवस्था रहेको देखिन्छ ः धारा २६।

    धार्मिक स्वतन्त्रताको हकः ९१० धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । ९२० प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर, धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानुन बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन, आदेशमा भनिएको छ ।

    संविधानको धारा २६ सँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकोमा विवाद देखिँदैन । त्यस्तै सो नदीको बहाव क्षेत्रमा वातावरणीय प्रभाव क्षेत्र रहेको, सिँचाइ तथा जीविका अन्तर्निहित रहेको र जैविक विविधताको प्रचुरता रहेको र कालीगण्डकी नदी क्षेत्र संविधानको धारा ३० तथा उक्त नदीमा गरिने कुनै ठूला प्रकृतिको विकास आयोजनामा प्रचलित वातावरण संरक्षण ऐन कानुनको विषयवस्तु रहेकोमा पनि विवाद गर्नुपर्ने देखिँदैन, न्यायाधीश फुयाँलले आफ्नो रायमा भनेका छन्, ‘कालीगण्डकी नदीको प्राचीनता, धार्मिक र सांस्कृतिक महŒव तथा उक्त नदीसँग गहिरो रूपमा अन्तर्निहित रहेको वातावरण तथा पर्यावरणीय विविधता अन्तरपुस्ता हस्तान्तरण भई यथावत् रहनुपर्ने विषयमा पनि विवाद गर्नुपर्ने देखिँदैन ।’ ‘यद्यपि प्राचीनता, धार्मिक महŒव र आस्था तथा वातावरण र पर्यावरणलाई यथोचित संरक्षण गर्दै उक्त नदीमा कुनै आयोजना बनाउन सकिन्छ कि सकिँदैन भन्ने विषय त्यस क्षेत्रमा रहेका बासिन्दाको मात्र नभई धार्मिक आस्था, वातावरण र विकासबीचको समन्वयको विषय हो, आदेशमा भनिएको छ ।

    न्यायाधीश राउतले आयोजना तत्काल रोक्न अन्तरिम आदेश जारी गरे पनि न्यायाधीश फुयाँलले भने धार्मिक महइभ्व नघटाई आयोजना निर्माण गर्न सकिने भन्दै अन्तरिम आदेश जारी नहुने भनेका छन्

    नेपालको संविधानको धारा २६ तथा ३० मा अन्तर्निहित विषयहरूको संरक्षणको अवस्था आयोजनाको उपभोगकर्ता र नदी तटीय क्षेत्रको स्थानीय जनसहभागिताको आधारमा समेत सम्बोधन हुने भएकाले उक्त आयोजनाका प्रारम्भिक कार्यहरू नै रोक्ने गरी हाल अन्तरिम आदेश जारी गर्न मिलेन । अन्तरिम आदेश जारी गर्ने भन्ने माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतको रायसँग सहमत हुन नसकेकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपदफा ९२० ९क० बमोजिम प्रस्तुत निवेदन सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्नू, न्यायाधीश फुयाँलको आदेशमा भनिएको छ ।

    यही आदेश भने यसअघि २९ असारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट पनि आएको थियो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सार्वजनिक सरोकारको विषयमा कालिगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै परेको रिटमा प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश जारी गरेका थिए ।

    पहिलो आदेशमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश जारी गर्दै लिखित जवाफ माग गरिएको थियो । सर्वोच्चले यसअघि २३ असारमा कारण देखाऊ आदेश जारी गरेको थियो । दोस्रोपटक अन्तरिम आदेश जारी भएको थियो । सोमबार सो परियोजनाको विषयमा तेस्रो आदेश जारी हुँदा न्यायाधीशद्वयबीच राय बाझिएको हो ।

    कालीगण्डकी तटीय क्षेत्र राम्दीदेखि पाल्पा, स्याङजा, तनहुँ, देवघाट, चितवन, नवलपरासी, पुट्टा, बुलिङटार, डेढगाउँ, त्रिवेणीलगायत दर्जनौं बस्तीलाई प्रत्यक्ष प्रभाव पार्नेगरी ल्याएको योजना प्रथम दृष्टिमा नै असंवैधानिक र कानुनका मूल्यमान्यताविपरीत रहेको रिट निवेदकको दाबी रहेको छ

    निरन्तर प्राकृतिक रूपमा बगिरहेको नदीलाई स्याङ्जाको गल्याङ नगरपालिका–१ बाट डाइभर्ट गरेर तिनाउ खोलामा झार्ने गरी अगाडि बढाउन लागिएको परियोजनाले गण्डकी प्रदेश र नदीको जलाधार क्षेत्र ९राम्दीदेखि देवघाटसम्म०का लाखौं स्थानीय बसिन्दालाई प्रभावित पार्ने रिटमा उल्लेख गरिएको छ ।

    आजको राजधानी दैनिकमा खबर छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.