• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

रसुवाको माछा दार्चुलासम्म

  •   सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रसुवा । उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र दार्चुलासम्म विस्तार भएको छ । रसुवामा माछापालन गर्ने किसानको सङ्ख्यामा कमी आएसँगै रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किसानको चाहनाअनुरूप प्राविधिक ज्ञानसमेत प्रदान गरी दार्चुलालगायतका जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो ।

    विसं २०७१ देखि यहाँ स्थापना भएको मत्स्य अनुसन्धान केन्द्रले जापानी रेन्बो ट्राउट उत्पादनका साथै चीनबाट ल्याइएका दानासेन र सुइकी वान नामक चिनियाँ माछाका भुरासमेत परीक्षण उत्पादन शुरू गरेको छ । त्रिशूली नदीको पानी प्रयोग गरी उक्त केन्द्रले धुञ्चेस्थित इमरुङ क्षेत्रमा लाखौँ माछाका भुरा उत्पादन गरिरहेको छ तर स्थानीयस्तरमा पालन गर्ने किसानको सङ्ख्या भने पाँच जनामा मात्रै सीमित रहेपछि अन्य जिल्लामा समेत आफ्नो कार्यथलो विस्तार गरेको मत्स्य प्राविधिक बताउँछन् ।

    विसं २०७२ को विनाशकारी भूकम्पले अधिकांश माछाका पोखरी क्षति पु¥याएपछि आर्थिक समस्याले पोखरीको पुनःनिर्माण हुन नसक्दा रसुवाका विपन्न किसानलाई पालनको व्यवस्थापनमा समस्या पर्न थालेको हो । आर्थिक अवस्था कमजोर भएको र क्षतिको मूल्याङ्कन गरी राहत दिने एवं सुनुवाइ गर्ने निकायको अभाव भएपछि चाहना हुँदाहुँदै माछापालनमा लगनशीन हुन नसकेको किसानले गुनासो गरेका छ । माछा भुराको उत्पादन एवं प्राविधिक ज्ञानबाहेक पूर्वाधार निर्माणको काम गर्न नसक्ने भएका कारण मत्स्य केन्द्रले पालनको सूचीकृत भएका अन्य जिल्लामा कार्यक्षेत्र विस्तार गरेको बताइन्छ ।

    रेन्बो ट्राउट माछाका लागि नेपाल कृषि अनुसन्धान परिषद्ले विभिन्न ५५ जिल्लामा उपयुक्त प्रमाणित गरेका कारण कृषकको चाहनाका आधारमा कार्यक्षेत्र फराकिलो पार्दै लगिएको उक्त केन्द्रका प्रमुख महेन्द्र भण्डारीले जानकारी दिए । माछाको लागि वैज्ञानिक संस्था भएका कारण किसानको चाहना एवं मागअनुरूप भौगर्भिक अवस्था, पानीको उपयोगिता तापक्रमसमेतको अध्ययन र तालिमसमेतको प्राविधिक ज्ञान प्रदान गरी कार्यक्षेत्र विस्तार गरिँदै लगिएको छ । दार्चुलाका साथै गुल्मी, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा र नुवाकोट जिल्लामा समेत कार्यथलोका रूपमा विस्तार भइसकेको मत्स्य प्राविधिक विशेष कोइरालाले बताए ।

    माछापालन गर्ने इच्छा देखाई सीप लिन आउने किसानलाई आफ्ना प्राविधिकको साथमा सात देखि २१ दिनसम्म प्रशिक्षण दिने गरिएको छ । हिमाली क्षेत्र चिसो स्थान भएका कारण ज्ञान सिक्ने किसानलाई केन्द्रको हाताभित्रै बसोबासको व्यवस्था मिलाइएकाले बिहानदेखि बेलुकासम्म सीप हासिल गर्न सहज भएको छ । रेन्बो ट्राउट माछाबाट लाभ लिन २०० ग्रामसम्मको वजन हुनुपर्ने र यसको हुर्कने अवधि भने आठदेखि १३ महिनासम्म लाग्ने प्राविधिक कोइराला बताए ।

    हालसम्म जापानी ट्राउटको भालेपोथीको बिजारोपण गराई उत्पादन गराउँदै आएकामा चिनियाँ जातसमेत आनुवंशिक सुधारका लागि विभिन्न देशबाट बिज आयात गरी प्राविधिक विस्तार गर्ने लक्ष्य लिइएको सो केन्द्रले जनाएको छ । एउटै वंशको भन्दा अर्को वंशसँग मश्रण गराउँदा छिटो बढ्ने र धेरै उत्पादन लिन सकिन्छ कि भन्ने सोचाइका साथ परीक्षण गर्न लागिएको प्रमुख भण्डारीले बताए । दानासेन एवं सुइकी जात माछापालन गर्न चाइना नेपाल कोअपरेशन परियोजनामार्फत रसुवागढी नाकाबाट आँखा उम्रेका माछाका अण्डा सहयोगस्वरूप निःशुल्क प्राप्त भएको छ ।

    चिनियाँ प्रविधिको ज्ञान हस्तान्तरणका लागि एक जना चिनियाँविज्ञसमेत केन्द्रमा रहेको बताइएको छ । केन्द्रले ३९ वटा पोखरी निर्माण गरेको छ । तीमध्ये भुरा पोखरी २४, हुर्काउला नौ एवं माउ पोखरी छ वटा रहेका छन् । कार्यालयसमेतको पूर्वाधार निर्माणमा हालसम्म करिब रु ३० करोडभन्दा बढी रकम राज्यकोषले खर्च गरिसकेको बताइन्छ ।

    गत वर्ष उत्पादन गरिएकामध्ये ४० हजार भुरा र ६४ हजार आँखा उम्रेका अण्डा कृषकसामु वितरण गरिएको उक्त केन्द्रका प्राविधिक बताउँछन् । रेन्बो ट्राउट माछाको उत्पादनका लागि स्थानीयस्तरमै ज्ञानसीप भएका कारण पालन कार्यमा सहभागी भई घरआँगनमै बसेर आयवृद्धि गर्ने कार्यमा सहभागी भइदिन सम्पूर्ण कृषकसमक्ष आग्रह गरिएको प्रमुख भण्डारीले बताए । रासस

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.