काठमाडौं । नेकपा एमाले साउन १५ का अवसरमा आज पार्टी कार्यालयमा खीर खुवाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको हो ।
त्यसका लागि शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिए । नेपालीहरूले असार १५ मा दही चिउरा र साउन १५ मा खीर खाने चलन रही आएको छ ।








