• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

कोभिड नियन्त्रण र विपद् जोखिम न्यूनीकरणतर्फ सरकारको ध्यानाकर्षण

  •   शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सांसदले मुुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध पनि गर्नुभयो ।

    बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङले मुलुकका विभिन्न ठाउँमा आएको बाढी÷पहिराबाट जनधनको ठूलो क्षति भएकाले क्षति न्यूनीकरण कार्यक्रमका साथै प्रभावितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो । सोही दलका अर्का सांसद देवेन्द्र पौडेलले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोपको उचित प्रबन्ध गर्न ढिला भइरहेकामा चिन्ता प्रकट गर्नुभयो ।

    उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट नयाँ भेरियन्टको कुरो आएको छ, तर व्यवस्थित र प्रभावकारीरुपमा खोप लगाएको पाइएन, नागरिक लामो लाइनमा उभिएर सास्ती खेप्न बाध्य छन्, त्यसतर्फ ध्यान जाओस् ।” सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा डिला सङ्ग्रौलाले सबै नागरिकलाई कोभिडविरुद्धको खाप उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला बेपत्ता भइरहेको सन्दर्भ जोड्दै आवश्यक कदम चाल्न पनि सरकारसँग अनुरोध गर्नुभयो ।

    सोही पार्टीका अर्का सांसद देवेन्द्रराज कँडेलले वैदेशिक रोजगारमा जाने युवाको भविष्य अन्योलमा रहेकाले सहजीकरण गर्न आग्रह गर्नुभयो । कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको नौगाडमा बाढी पहिरामा परी तीन जनाको मृत्यु भएको र पुल बगाएको, खानेपानी आयोजनामा क्षति पु¥याएको जानकारी दिँदै उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।

    अर्का सांसद पुष्पा भुसालमले विगतको सरकारका कारण कोभिड–१९ नियन्त्रण प्रभावकारी हुन नसकेको आरोप लगाउँदै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकृष्ट गर्नुभयो । बैठकमा सांसद डा दीपकप्रकाश भट्ट, दुर्गबहादुर राउत, दुर्गाकुमारी विश्वकर्मा, दुर्गा पौडेल, दामोदर भण्डारी, दिल कुमारी, दिव्यमणि राजभण्डारी, धर्मशिला चापागाइँ, नन्दलाल रोका, नवराज सिलवाल, नारायणप्रसाद खतिवडा, निरादेवी जैरु, निरुदेवी पाल, पद्मनारायण चौधरी, पवित्रा निरौला खरेल, पार्वता डिसी चौधरी, पार्वतीकुमारी विशङ्खे, प्रकाश रसाइली, प्रमिला राईलगायतले भनाइ राख्नुभएको थियो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.