देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ पिपलटार मा देवघाट युवा जागरण समाजद्वारा अायोजना गरिएको खुल्ल नकअाउट “सेवेन ए साईट” फुटबल प्रतियोगिताको उपाधि दासढुङ्गा फुटबल क्लब ( डि.एफ.सी )ले उचालेको छ।
कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै “खेलाडी राष्ट्रको गहन हो हामीले खेलाडीलाई सधैं सम्मान गर्नुपर्छ” खेलकुदले मानिसलाई सकारात्मक बाटो तिर डोर्याउने र स्वास्थ्य,तन्दुरुस्त रहने समेत बताउनुभयो।
साथै अध्यक्ष थापाले खेलकुद क्षेत्रको बिकासको निम्ति आफु निरन्तर लागी परेको बताउदै आगामी दिनहरुमा आफ्नो तर्फबाट सधैं साथ र सहयोग रहने बताउनुभयो। खुल्ला नकअाउट फुटबल प्रतियोगिता यहीँ भदौ २६ गतेबाट सुरू भई अाज असोज ५ गते मंगलबारका दिन अाज समापन गरिएको थियो।प्रतियोगितामा स्थानीय र जिल्ला बाहिरको गरि ५० टिमको सहभागीता रहेको कार्यक्रम संयोजक गोपि आछामि मगरले जानकारी दिनुभयो।
प्रतियोगितामाको फाइनल खेल जुगेडि क्लब र दासढुङ्गा क्लवलाई बिच निकै कडा प्रतिस्पर्धा रहेको थियो १५/१५ मिनेटको खेलमा पहिलो हापको १० औं मिनेटमा जुगेडि क्लबका तर्फबाट जेरि तामाङले पहिलो गोल गर्दै पहिलो हाप सम्म आफ्नो टिम लाई अगाडी बढाएको थियो। दोस्रो हापको २५ औं मिनेटमा दासढुङ्गा क्लवका अमृत गुरुङले गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काउन सफल भएको थियो।
खेलको अन्तिम समय सम्म दुवै तर्फबाट केहि राम्रो अबसरहरु प्राप्त भए पनि गोलमा परिणत हुन नसक्दा खेल १-१ गोलको बराबरीमा रोक्किदै पेलान्टि सुटआउट दासढुङ्गा क्लवले जुगेडि क्लबलाइ ४-३ गोल अन्तरले पछि पार्दै उपाधि चुमेको थियो। प्रतियोगितामा प्रथम हुने दासढुङ्गा क्लवलाई नगद रु. ४१ हजार १ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै द्वितीय स्थान जुगेडि क्लबलाई रु. २१ हजार १ सय रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले प्रदान गर्नुभएको थियो।
साथै उत्कृष्ट खेलाडी दासढुङ्गा क्लवका रवि शाही ठकुरी र खेल अबधि हाई स्क्वायर गोल कर्ता जुगेडि क्लबका अमृत गुरूङलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा देवघाट गाउँपालिकाका प्रबक्ता एवम् देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ,भरतपुर महानगर पालिका २९ नम्बर वडा अध्यक्ष मान बहादुर रानामगर,नेकपा जिल्ला कमिति सचीवलय सदस्य बाबुराम अधिकारी,देवघाट गाउँपालिका नेकपा पार्टी अध्यक्ष केशवचन्द्र न्यौपाने,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ,देवघाट गाउँपालिका कमिटी वाईसीएल YCL इन्चार्ज दुर्गलाल गुरुङ,समाजसेवी पन्च बहादुर आले लगाएको उपस्थिति रहेकोे थियो भने देवघाट युवा जागरण समाजका अध्यक्ष बिकास ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।








