हेटौंडा। मकवानपुरमा केही महिनादेखि ८ जना भन्दा कममा पुष्टि हुदै आएको कोरोना संक्रमित दर उकालो लाग्ने क्रममा रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ६८ जनाको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ।
कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधि र पिसिआर विधिबाट ६८ जनाको कोरोना जाँच गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएका १७ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १५६२४ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा ३ जना संक्रमण मुक्त भएका छन।









