देवघाट तनहुँ । अन्तर निम्न माध्यमिक विद्यालय प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल प्रथम भएको छ । सामुदायिक रेडियो देवघाटको गौरवमय एघारौं बार्षिकोत्सवको दोश्रो दिनको कार्यक्रम अन्तरगत भएको प्रतियोगितामा कालिका माध्यमिक विद्यालय द्धितिय भएको छ भने वेद वेदाङ्ग संस्कृत गुरुकुल तृतीय हुन सफल भएका छन् ।
प्रथम,द्धितिय र तृतीयलाई नगद सहित सम्मान गरिने रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले बताउनुभयो । कार्यक्रममा सामुदायिक तथा गुरुकुलम् का गरि ६ विद्यालयका विधार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रेडियो देवघाटका महासचिव निरन्जन हाडा,सदस्य विशाल बाबु तिमिल्सेना र बजार प्रवन्धक गोपाल चन्द्र न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
बार्षिकोत्सव अन्तरगत भोली देवघाटमा रहेका देवघाट वृद्ध आश्रममा फलफुल वितरण कार्यक्रम रहेको छ ।








