चितवन । देवघाट गाँउपालिकामा रहेका आश्रममा फलफुल वितरण गरिएको छ । सामुदायिक रेडियो देवघाटको एघारौं वार्षिकोत्सवको अवसरमा तथा रेडियोका संस्थापक अध्यक्ष भक्ति प्रसाद तिमिल्सेनाको प्रथम वार्षिक पुष्य स्मृतिको अवसरमा ५ आश्रममा फलफुल वितरण गरिएको हो ।
देवघाटमा रहेका बृद्धाश्रम,गलेश्वर संन्यास आश्रम,हरिहर संन्यास आश्रम,महेश संन्यास आश्रम,प्राणनाथ सेवा आश्रममा फलफुल वितरण गरिएको रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले बताउनुभयो ।
फलफुल वितरण कार्यक्रममा रेडियोका महासचिव निरन्जन हाडा,देवघाट गाँउपालिका ५ वडासदस्य भोजराज नैनावस्ती,देवघाट क्षेत्र विकास समितिका सदस्य प्रविण कार्की,रेडियोका स्टेशन म्यानेजर सुवास लामिछाने,वजार प्रवन्धक गोपाल चन्द्र न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
वार्षिकोत्सव अन्र्तगत रेडियोले पौष २५ गते निःशुल्क स्वास्थ्य शिविर,पौष २६ गते निमावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।








