हेटौंडा। बुधबार (आज) धरान चतरा अन्तर्गत सडक छेउम रहेेेका विद्युत पोलमा तार सार्ने काम हुने भएकोले हेटौंडा-६ हात्तीलेट गौरीटार,रंगशाला,हेटौंडा-१६ हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर, वंशगोपाल तथा रंगशाला फिडरमा १९ गते र २१ गते तिनदिन ४ घण्टा विद्युत लाइन बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मंगलबार सूचना जारी गर्दै हात्तीलेट गौरीटार, रंगशाला,हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने वंशगोपाल,गाम्रीण फिडर र रंगशाला फिडरमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणले बुधबार बिहान ८ बजेदेखि १२ बजे सम्म तिन दिन विद्युत आपुर्ती बन्द रहेने जनाएको हो ।केन्द्रले धरान चतरा सडकखण्ड अन्तर्गतका अधिकार क्षेत्राधिकार भित्र पर्ने विद्युतिय पोल,तार सार्ने वा अद्यावधिक गर्ने कार्य रहेकोले ४ घण्टा विद्युत आपुर्ती बन्द हुने जनाएको छ ।









