देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ बुद्धचोक निवासी श्रीमान् दुर्गलाल रानामगर र श्रीमती रुपा रानामगरको करिब एक बर्षको छोरा युबिन रानामगरको स्वास्थ्य उपचारको लागी भरतपुर निवासी अनिता थापामगरले आर्थिक सहयोग दिनुभएको छ।
भरतपुर निवासी गोमा थापामगरको छोरी अनिता थापामगरले आफ्नो स्व.पिता भिमकुमार थापामगरको सम्झनामा युबिन रानामगरको स्वास्थ्य लाभको कामना गर्दै रु (दश हजार दश रुपैयाँ)नगत पैसा सहयोग रकम देवघाट गाउँपालिका प्रेस सल्लाहकार आशिक रानाले आमा रुपा रानामगरलाई हस्तान्तरण गर्नुभएको थियो।
युबिन रानामगरको जन्मिएको ६ महिनामै मृगौलामा समस्या आई हाल सम्म उपचारत भइ रहेका र अहिले सम्म तिन पटक अप्रेसन गरिसकेको आमा रूपा रानामगरले बताउनु भएको थियो भने हाल सम्म छोराको स्वास्थ्य सुधारमा भने सामान्य सुधार भएको उहाँले बताउनुभयो।
साथै रुपा रानामगरले सामाजिक सञ्जाल मार्फत छोराको स्वास्थ्य उपचारको लागी देश तथा विदेशमा रहनु हुने दाजुभाइदिदिबहिनीहरु बाट पनि सहयोग संकलन भएको उहाँले बताउनुभयो।









