• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

कानुन बनाउँदा विचार, पार्टी र व्यक्ति होइन, देश र जनतालाई हेरौँः सांसद जैसवाल

  •   शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद वीना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेेमध्येमा पर्नुहुन्छ । तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य गर्न उहाँले बारम्बार संसद्मा आवाज उठाउँदै आउनुभएको छ । संसदीय अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्ने सांसद जैसवाल आफू तथा आफ्नो पार्टीले जनताको चासोका विषय तथा सामसामयिक विषयमा सदनमा खरो ढङ्गले प्रस्तुत हुँदै आएको बताउनुहुन्छ ।

    “निर्वाचनका क्रममा जनतासमक्ष गरेको प्रतिबद्धता, आफ्नो पार्टीले अगाडि सारेको मुद्दा तथा समसामयिक विषयलाई हामीले सदनमा उठाइरहेका छौँ । निर्वाचनको बेला जे मुद्दा उठाइएको थियो, त्यही विषय हामीले दोहो¥याइरहेका छौँ”, उहाँ भन्नुहुन्छ । गत वर्ष मङ्सिरमा निर्वाचन सम्पन्न भएर संसद् गठन भएको पनि झण्डै एक वर्ष पुग्न लागेको छ तर सांसद जैसवाल संसद्मा सांसदको भूमिकालाई लिएर सन्तोष मान्ने अवस्थामा हुनुहुन्न । उहाँ भन्नुहुन्छ, “झण्डै एक वर्षको संसद्को अभ्यास हेर्दा त्यति सन्तोषजनक लागिरेहेको छैन ”।

    सदनमा निर्धक्कसँग जनताले उठाएका विषय राख्न नपाएको सांसद जैसवालको गुनासो छ । सदनमा भइरहेको अवरोध तथा समय अभावका कारण आफूले जनताको मुद्दा सदनमा उठाउन नसकेको उहाँ बताउनुहुन्छ । “आकस्मिकरूपमा घटेका घटनाबाट जनतामा परेको असरका बारेमा कुरा उठाउन खोज्दा सदन अवरोध भइरहेको हुन्छ । जनताको अपेक्षा बढी छ । उनीहरूले आफ्नो जनप्रतिनिधिले सदनमा ती कुरा उठाइदिए हुन्थ्यो भन्ने आशा गर्छन् ।

    जनताको कुरा सदनमा राख्छुभन्दा कहिले अवरोध हुने त कहिले पालो नपाउने भइरहेको छ”, सांसद जैसवाल भन्नुहुन्छ। संसद्को शून्य समयमा कहिलेकाहीँ पालो आए पनि एक मिनेटमा सबै विषय राख्न नसकिने उहाँको भनाइ छ । “सांसदले भोग्नुपरेको समस्या जनतामा राख्दा उहाँहरुले पनि नबुझ्ने अवस्था छ । यद्यपि जनताको मुद्दा उठाइरहेका छौँ । पछिल्लो ११ महिनाको संसदीय अभ्यासलाई हेर्दा सोचेजस्तो भइरहेको छैन”, सांसद जैसवाल भन्नुहुन्छ । संसद्को मुख्य भूमिका कानुन निर्माण नै भएकाले देश र जनताको हितमा हुने कानुन निर्माण गर्नुपर्छ । कानुन निर्माण गर्दा पार्टी, विचार र व्यक्ति नभई देश र जनतालाई हेर्नुपर्नेमा सांसद जैसवालको जोड छ ।

    “देश जनताका पक्षमा दीर्घकालसम्म टिकाउ हुने कानुन निर्माण गर्नुपर्छ । कुनै पनि नीति, नियम, कानुनले लामो समयसम्म प्रभावकारी काम गरोस् भन्नका लागि देश र जनताको हित हेरिनुपर्छ । पटकपटक कानुन परिवर्तन गरिरहँदा समय बर्बाद हुन जान्छ”, उहाँ भन्नुहुन्छ । विसं २०४६ फागुन २२ गते पर्साको वीरगञ्जमा जन्मनुभएकी सांसद जैसवाल उच्च शिक्षा अध्ययनकै क्रमदेखि राजनीतिमा आबद्ध हुँदै आउनुभएको छ । सांसद जैसवालले व्यवस्थापन विषययमा स्नातकोत्तर गर्नुभएको छ ।

    मधेसी समूहअन्तर्गत् समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएकी उहाँ २०७८ सालदेखि राप्रपामा आबद्ध हुनुहुन्छ । प्रतिपक्षी भनेको संसदीय प्रक्रियामा अवरोध सिर्जना गर्ने पक्ष हो भन्ने भाष्य चिर्न आवश्यक रहेको सांसद जैसवालको भनाइ छ । “कहिलेकाहीँ प्रमुख प्रतिपक्षीबाट कुनै पनि हालतमा संसद् चल्न नदिएर प्रक्रियामा ढिलाइ होस् भन्ने सोच राखिएको पनि देखिन्छ, आमजनतामा पनि एउटा भाष्य के बनेको छ भने प्रतिपक्ष भनेको संसदीय अभ्यासमा ढिलाइ गर्ने, संसद् अवरुद्ध गर्ने भन्ने छ तर मलाई त्यस्तो लाग्दैन । प्रतिपक्षले जनताको प्रत्यक्ष सरोकार भएको विषयमा सरकारको धारणा माग गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.