• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्छ– नेत्री पौड्याल

  •   सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउनुहुन्छ । ‘सांसदसँग रासस संवाद’ मा उहाँले लामो समयसम्मको राजनीतिक सङ्क्रमणले विभिन्न विकृतिविसङ्गति र अनियमितालाई मलजल गरेकाले छिटो आवश्यक कानुन निर्माण गरी त्यस्ता बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्नेमा जोड दिनुभयो । सांसद पौड्याल भन्नुहुन्छ “देश परिवर्तनका संवाहक प्रमुख राजनीतिक शक्ति एकार्कालाई आरोपप्रत्यारोप नगरी साझा शत्रुविरुद्ध अहिले खरो भएर उत्रनुपर्छ, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्छ ।”

    नेपाल विद्यार्थी सङ्घ भोजपुरका जिल्ला सदस्यबाट विसं २०३५ मा प्रवेश गर्नुभएका नेत्री पौड्याल लामो समयसम्म नेपाल महिला सङ्घ सुनसरीका सल्लाहकार रहनाका साथै नेपाल टे«ड युनियन कांग्रेसमा सक्रिय रहनुभयो । नेपाल बाल सङ्गठनमा १७ वर्ष केन्द्रीय सदस्य भई काम गरेको अनुभव सम्हाल्नुभएका उहाँ नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य पनि हुनुहुन्छ । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित पौड्याल हाल नेका केन्द्रीय सदस्य हुनुहुन्छ । सङ्घीय संसद्मा अहिले राजनीतिक परिवर्तनका लागि एक ढिक्का भएर लडेका सहयात्रीकै वर्चस्व रहेकाले छिटो कानुन बनाएर कार्यान्वयनमा लैजाने विषयमा पनि तिनको जोडबल हुनुपर्ने आँैल्याउनुभयो ।

    विधायक पौडेलले संविधान जारी भएपछि तत्काल ऐन÷कानुन निर्माणमा भएको ढिलाइका कारण सङ्क्रमणकाल लम्बिन गई उब्जेका अनेकौँ समस्या सम्बोधन गर्ने सिलसिलामा भएका कतिपय सहमतिले सुशासनलाई चुनौती दिएकाले छिटो कानुन तर्जुमा गरी त्यस्ता समस्यालाई किनार लगाउनुपर्नेमा जोड दिनुभयो । सदनमा आफ्नो पहिलो प्रवेश भएकाले सुरुदेखि नै त्यहाँ हुने गतिविधिलाई आफूले गहिरोसँग नियालिरहेको बताउँदै सांसद पौड्याल भन्नुहुन्छ, “विषयगत समिति गठनमा ढिलाइ भयो, अनि लामो समय सदन अवरुद्ध भयो, विधेयक आएनन्, त्यसकारण सोचे जति कानुन निर्माणको काम हुन सकेन ।”

    विधायकको मुख्य जिम्मेवारी कानुन निर्माण र जनताको आवाज सदनमा बुलन्द गर्ने नै भएकामा आफू स्पष्ट रहेको बताउँदै उहाँले विगतको सशस्त्र द्वन्द्वबाट नागरिकमा परेको असर र भोग्नुपरेको दुःखलाई राहत प्रदान गर्नसमेत कानुन ल्याउन नसकिएको स्विकार्नुभयो । कानुन निर्माणलाई तीव्रता दिनुपर्नेमा त्यसअनुरूप दौडन नसकेर आलोचित हुनुपरेको घटना सुनाउँदै नेत्री पौड्यालले भन्नुभयो “सुरुका तीन महिना सरकार गठन र विघटनमै बित्यो । त्यसले सदनका कामकारबाहीलाई असर पु¥यायो ।

    विधेयकमाथि छलफल गर्न पाइएन, कानुन निर्माणमा पछि परियो ।” गत ११ महिनामा कम्तीमा १० विधेयक पारित गरिसक्नुपर्ने कार्यभार पूरा हुन नसकेको बताउँदै उहाँले बाँकी अवधिमा तर्जुमा गरिसक्नुपर्ने कानुनको जिम्मेवारी पूरा गर्न ठूलो चुनौती रहेको प्रतिक्रिया दिनुभयो । समयमै कानुन निर्माण भएमा आफ्नै कार्यकालमा बनेका कानुनको प्रभावकारिता, गुणस्तर र कमजोरीको परीक्षण गर्ने अवसर प्राप्त हुने बताउँदै सांसद पौड्यालले त्यस आधारमा गएको कार्यकाल मूल्याङ्कनका हिसाबले मध्यमसमेत बन्न नसकेको स्पष्ट गर्नुभयो ।

    प्रतिनिधिसभा, उद्योग वाणिज्य तथा उपभोक्ताहित समितिका सदस्य उहाँ भन्नुहुन्छ, “चाडबाडका मुखमा हुने मूल्यवृद्धि र कालोबजारीबाट सर्वसाधारण जनता महँगीमा तथा न्यून तलब ज्यालाका कारण श्रमिक अप्ठेरामा छन् । कृषक समयमा मल, बीउ पाउँदैनन् । उनीहरूलाई कहीँकतै राहत छैन, कहिले र कसले दिने ?” एक प्रश्नका जवाफमा सांसद पौड्यालले भन्नुभयो, “सदनमा सांसदको उपस्थिति कमजोर भएर बैठक स्थगन हुने स्थिति एउटा जनप्रतिनिधिलाई सुहाउँदो कुरा होइन, यसले सांसद र संसद्को गरिमालाई घटाएको छ ।

    मैले दलभित्र यो कुरा धेरै पटक उठाएकी छु ।” सदनभित्रका सबै गतिविधि सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण हुने भएकाले जनताले आफूहरूलाई नजिकबाट नियालिरहेको जनाउँदै उहाँले जनप्रतिनिधिले नै व्यवस्थाप्रति वितृष्णा फैलाउने र जनतालाई निरास बनाउने बोली, व्यवहार र प्रस्तुति दिन नहुने सुझाव दिनुभयो । वर्गीय राजनीतिका विषय उठाएर आएका वामपन्थी राजनीतिक दलले समेत जातविशेषको एजेन्डा अघि सारेकामा आफूलाई कति चित्त नबुझेको बताउँदै नेत्री पौड्यालले त्यसले विविधतायुक्त जातीय सद्भावमा खलल तुल्याएको प्रतिक्रिया दिनुभयो ।

    एक प्रसङ्गमा उहाँले भन्नुभयो, “प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गरी दुवै निर्वाचन प्रणालीमा रहेको सदस्य सङ्ख्या घटाउनमा मेरो सहमति छ । समानुपातिक प्रणालीमा सुधार गर्दै महिलालाई भने भूगोलमा बढीभन्दा बढी उम्मेदवार खडा गराउनुपर्छ ।”

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.