• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

विकास आयोजनामा बाधा सिर्जना गर्ने कार्य मान्य हुँदैन : उपप्रधानमन्त्री खड्का

  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको आर्थिक समृद्धिसँगै जनताको आकाङ्क्षा सम्बोधन गर्नका लागि काम गर्ने तौरतरिकामा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

    रक्षा मन्त्रालयमा आज आयोजित प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले समस्यालाई चाङ लगाएर राख्नेभन्दा पनि तत्कालै समाधान गरेर जानुपर्ने बताउनुभयो ।

    “जानीजानी, थाहा पाएर वा कसैका कारण मुलुकको प्रगतिको बाधक हामी सबै भएका छौँ, उन्नति, प्रगतिका लागि कानुनको प्रावधान देखाएर बाधा सिर्जना गर्ने कार्य मान्य हुँदैन”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसमा सुधार गर्न आवश्यक छ ।” उहाँले समस्या मात्र प्रस्तुत गर्ने नभई समस्याका कारण र समाधानको उपायसमेत प्रस्तुत गर्न निर्देशन दिनुभयो । “समस्याको कारण प्रष्टरुपमा आउनुपछ । विकास आयोजनामा देखिएका समस्या समाधान गर्न विकास समस्या समाधान समितिको बैठक नै कुर्ने परम्पराको अन्त्य गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    मुलुकको समृद्धिमा बाधा सिर्जना गर्ने ऐन कानुन संशोधन गर्न अध्यादेश ल्याइने उपप्रधानमन्त्री खड्काको भनाइ छ । मुलुकका साथै नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्धारित मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले विसं २०८३ चैतसम्म निर्माण सम्पन गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।

    “आजको समस्या आजै थाहा पाउने र समाधान गर्दै जानुपर्छ । यसका लागि कहीँकतै समय टार्ने अवस्था हुनुहुँदैन”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । नेपाली सेनाले जिम्मा लिएको आयोजनालाई निर्धारित मितिमै सम्पन्न गर्न ठेकेदारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै उहाँले ठेकेदारले कुनै पनि बहानामा काम नगरेको अवस्थामा कडाईका साथ प्रस्तुत हुन निर्देशन दिनुभयो । “आयोजनाको गुणस्तरमा कमी हुन हुँदैन । गुणस्तरमा कुनै पनि हालतमा सम्झौता गर्न हुँदैन । नेपाली सेनाले लोभ । डर नराखी काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा रामकुमार फुयाँलले मुलुकको आर्थिक समाजिक रुपान्तरणका लागि संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिँदै संरचनात्मक रुपान्तरणका लागि आयोग लागि परेको जानकारी दिनुभयो । एकद्वार प्रणालीबाट विकास आयोजनाका समस्या समाधान गर्ने गरी आयोगले गृहकार्य गरिरहेको उहाँको भनाइ छ ।

    प्रधान सेनापति प्रभूराम शर्माले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या जतिसक्दो छिटो समाधान गर्नुपर्ने उल्लेख गर्दै त्यस्ता आयोजनालाई विशेष प्राथमिकता दिइनुपर्ने बताउनुभयो । नेपाली सेनाले संविधान, ऐन र कानुनको परिधिभित्र रहेर तोकिएको जिम्मेवारी पूरा गर्दै आइरहेको जानकारी दिँदै उहाँले प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।

    सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि विशेष कानून निर्माण गरिनुपर्ने बताउनुभयो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि विशेष राजनीतिक निर्णय गरेर जान उपयुक्त हुने बताउनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.