• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : सांसद थापा

  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताउनुभएको छ । रासससँग कुरा गर्दै उहाँले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा २४ हजार दुई सय ३९ मतका साथ उहाँ विजयी हुनुभएको थियो ।

    वडा, प्रदेश र सङ्घका जनप्रतिनिधि तथा कार्यपालिकाको काम र जिम्मेवारी फरक फरक हुनुपर्ने भएपनि हामीकहाँ सबै जनप्रतिनिधि सबै किसिमका जिम्मेवारीमा व्यस्त हुन रुचाउने गरेको आफूले पाएको उहाँले बताउनुभयो । जनताको अपेक्षा पनि कानुनले निर्धारण गरेकोभन्दा फरक हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । कांग्रेस भक्तपुरका सभापति समेत रहनुभएका सांसद थापाले भन्नुभयो, “मैले सदनमा पहिलो दिन उपस्थित भएर शीर्ष नेताको सम्बोधन सुनेपछि त झन सांसदभन्दा म वडाअध्यक्ष लड्नुपर्ने रहेछ माननीय भइन्छ भन्ने लाग्यो ।”

    विसं २०२५ भदौ २३ गते भक्तपुरमा जन्मनु भएका उहाँले आफूले सानो उमेरदेखि अहिलेसम्म राजनीतिक नेतृत्वबाट एउटै कुरा सुनिरहेको उल्लेख गर्दै भन्नुभयो, “सानो छँदा पनि मत माग्न आउने नेताहरुले बाटो, खानेपानी, बिजुली, पुल, पुलेसालगायत कुरा बनाइदिने आश्वासन दिने गर्थे, अहिले पनि जनताको त्यही अपेक्षा छ भने के चाही परिवर्तन ग¥याँै त हामीले ?” जनताले पनि चुनावमा सांसदसँग बाटो माग्ने होइन नि त । चुनाव जित्नलाई बाटो नै बनाउनुपर्नै रहेछ, अनि कसरी कानुन निर्माणमा केन्द्रित हुने ।”

    हामीकहाँ पहिला घर बनाउने अनि बाटो, बिजुली, पानी र अन्य सुविधा पु¥याउनुपर्ने चलन रहेको बताउँदै नेता थापाले त्यस्ता आधारभूत सुविधा भएको स्थानमा पो घर बनाउनुपर्ने होइन भनी प्रश्न गर्नुभयो । सानै उमेरदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएको उहाँले भन्नुभयो, “अनि हामीजस्ता राजनीति गर्नेले त्यस्ता स्थानमा बाटो खोल्दिन्छु बिजुली ल्याई दिन्छु भन्नुपर्ने रहेछ ।” यो कुराको चिरफार गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद थापाले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, उहाँले भन्नुभयो । थापा मीनभवन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका प्रत्यासी हुनुका साथै नेविसङ्घको केन्द्रीय सदस्य हुँदै पार्टीको राजनीतिमा प्रवेश गर्नुभएको हो । अहिलेको राजनीतिप्रतिको वितृष्णालाई चिर्न नसके सम्पूर्ण प्रणाली नै असफल हुने चिन्ता व्यक्त गर्दै नेता थापाले भन्नुभयो, “हामीजस्ता सांसदहरु सदनमा ठूला ठूला र आदर्शका कुरा गर्छौं, जनतालाई त्यसको के अर्थ त्यसैले यथार्थ र व्यवहारिक कुरा मात्र बोल्नुपर्छ ।”

    सदनमा देशभित्र अवसर नभएर युवा पलायन भए भनेर आदर्शका कुरा छाट्ने नेताका छोराछोरी विदेशमा रहेका उहाँले जानकारी गराउनुभयो । उहाँले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत गर्न र रक्षाका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सदनलाई प्रभावकारी बनाउन हामी सबै सच्चिन पर्ने जोड दिँदै उहाँले भन्नुभयो, “हामी संसद हौँ कि अरु केही वा वडाध्यक्ष हौ छुट्याउन प¥यो ।” उहाँले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा संसद्ले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो ।

    सरकारले पर्याप्त ‘विजनेस’ दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उहाँको भनाइ थियो । मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको र यसलाई नियन्त्रण गर्न राजनीतिकर्मीको के भूमिका रहन्छ भन्ने प्रश्नमा सांसद थापाले भन्नुभयो, “सामान्य राजनीति गर्ने व्यक्ति होस् वा सरकारी कर्मचारी महँगा गाडी फेरि फेरि चढछन्, काठमाडौँजस्तो महँगो स्थानमा घरजग्गा जोडेका छन्, बालबच्चालाई महँगा विद्यालयमा पढाएका छन्, महँगो जीवनशैलीमा रहेका छन्, यति देखेपछि भ्रष्टाचारी खोज्न कही जानुपर्छ ।”

    कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट भक्तपुर कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित उहाँले भ्रष्टाचार र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दलबीच एकजुट हुनुपर्ने सुझाव दिनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.