आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित ढापटारमा गएराति मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आईतबार राती करिब पौने ९ बजेतिर आँबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ग १ क ५०१२ नं.को मिनि ट्रकमा सोही दिशा तर्फ जादै गरेको प्र.३–०२–००९ प ८५३० नं. को मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाईकल चालक आँबुखैरेनी ३ का स्थानीय युवा सफल राना मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि गम्भिर घाईते भएका मगरलाई आँबुखैरेनी अस्पतालमा उपचार गरि थप उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेजमा लैजादा राति १० बजे चिकित्सकलृ मृत घोषणा गरेको हो ।
मिनी ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नियन्त्रणमा लिएको छ ।








