चितवन । राप्रपा भरतपुर महानगर कमिटीले भोलि (शनिवार) भरतपुरमा बृहत मोटरसाइकल र्याली आयोजना गर्ने भएको छ । अपरान्ह ३ बजे सुरु हुने मोटरसाइकल र्याली केन्द्रीय बसपार्कबाट सुरु भई बाइपास सडक, आँपटारी, पुल्चोक, चौविसकोठी हुँदै पुनः बसपार्कमा पुगेर कोणसभामा परिणत हुनेछ ।
कोणसभालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष तथा चितवन क्षेत्र नम्वर- ३ का सांसद बिक्रम पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए ।
उनले मोटरसाइकल र्याली सहभागि हुन सबै चितवनबासीलाई आब्हान गरेका छन । अबस्था बदल्न व्यवस्था बदलौं भन्ने भन्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रममा पार्टीको झण्डा प्रयोग नहुने भएकाले सबै हिन्दुबादीलाई उपस्थिति हुन अनुरोध गरिएको सिग्देलले बताए ।








