• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले पुरक पाठ्यक्रममा मगर भाषा समावेश गरी क्याम्पसले प्रशिक्षण सुरु गरेको हो । पुरक पाठ्यक्रमको प्रशिक्षण कक्षा आइतबार बिहान ६ बजेदेखि बेलुकी ४ बजेसम्म एक सातामा ४८ घण्टा सञ्चालन हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार छ जना मगर भाषाका विज्ञहरूले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुहुनेछ । उहाँले भन्नुभयो, “तनहुँको सबैभन्दा बढी जनसङ्ख्या भएको मगर जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवा पु-याउन पुरक पाठ्यक्रम निर्माण गरी प्रशिक्षण गरिएको हो ।” प्रशिक्षणको सम्पूर्ण खर्च क्याम्पसले व्यवस्थापन गरेको छ । प्रशिक्षणले क्याम्पसलाई परिस्कृत गर्ने उहाँको विश्वास छ । क्याम्पसले यस वर्ष चार छुट्टाछुट्टै विषयमा पुरक पाठ्यक्रम सञ्चालन गरेको छ । कक्षा १२ उत्तीर्ण ३० जना प्रशिक्षार्थी प्रशिक्षणमा सहभागी छन् ।

    प्रशिक्षणमा ७० प्रतिशत क्याम्पसका विद्यार्थी र ३० प्रतिशत मगर समुदायका छन् । गण्डकी र सुदूरपश्चिमका मगरभाषी युवा प्रशिक्षणमा सहभागी छन् । क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बद्र्धन एवं विकास समितिले प्रशिक्षणको व्यवस्थापन गरेको हो । समितिका संयोजक एवं क्याम्पस सञ्चालक समिति सदस्य क्या सोमबहादुर थापाले भाषा प्रशिक्षणले पाठ्यक्रमलाई सहज बनाउने र मगर भाषा संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

    क्याम्पस प्रमुख हडखलेले समुदाय र सरोकारवाला सङ्घ संस्थाले चासो नदिँदा अन्य आदिवासी जनजाति समुदायको भाषा र संस्कृति संरक्षण गर्न अत्यावश्यक देखिएको बताउनुभयो । उहाँले भाषाको महत्व नबुझ्दा लोप हुन लागेका भाषा संरक्षण गर्ने उद्देश्यले क्याम्पसले मगर विद्यार्थी र समुदायका मगर भाषी युवालाई प्रशिक्षक बनाउन पुरक पाठ्यक्रम तयार गरी प्रशिक्षण दिन थालिएको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं तालिमका मुख्य प्रशिक्षक तथा मगर भाषा विज्ञ प्रा डा विष्णु सिञ्जालीले आदिवासी जनजातिका भाषा एवं संस्कृति राज्यको ठूलो पहिचान र सम्पत्ति भएको धारणा राख्नुभयो ।

    जनजातिले मातृभाषा र संस्कृति संरक्षण गर्दै आए पनि राज्यले क्याम्पस तथा विश्वविद्यालयमा आदिवासी जनजातिका भाषा एवं संस्कृति अध्ययन अध्यापन र सोध तथा अनुसन्धान गर्ने वातावरण बनाउन नसकेको गुनासो उहाँको छ । आदिकवि क्याम्पसले सराहनीय कार्यको सुरुआत गरेकामा उहाँले प्रशंसा गर्नुभयो । सांस्कृतिक सम्पदा कुनै समुदायको मात्र नभइ राज्यको राष्ट्रिय सम्पदा भएकाले राज्यले संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा डा सिञ्जालीको जोड छ ।

    नेपाल मगर सङ्घ केन्द्रीय निर्वाचन संयोजक सिद्धान्त गर्जामगरले दुई वा दुईभन्दा बढी भाषालाई स्थानीय तहमा सरकारी कामकाजको भाषा बनाउने संविधानमा उल्लेख भए पनि तनहुँको कुनै पालिकाले मगर भाषालगायत भाषालाई स्थानीय कामकाजको भाषा नबनाएकोमा दुःख व्यक्त गर्नुभयो । आधारभूत तहसम्म मातृभाषामा पढाइ हुनुपर्नेमा उहाँको जोड छ ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष वुद्धिमान श्रेष्ठले क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये ठूलो हिस्सा आदिवासी जनजाति समुदायका भएकाले भाषा र संस्कृति संरक्षण गर्न ठोस् कार्यक्रम अगाडि सारिएको बताउनुभयो ।

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.