तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका- ७ की १७ वर्षीया किशोरी १२ दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा- १० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् ।फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिए ।
‘घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो,’ उनले भने, ‘घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।’ बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताए । उनका साथीसँग सोधपुछ गर्दा पनि कुनै जानकारी प्राप्त हुन नसकेको दाजु राजेशले बताए । गहुँगोरी वर्णकी अस्मिताले रातो ज्याकेट लगाएको जानकारी दिँदै भेट्नेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेको छ ।








