सांकेतिक तस्विर
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीमा सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेका छन् । नदीमा मान्छे बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
नुहाउने क्रममा नदीले बगाएर बेपत्ता भएका थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । थापाको शव कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएको थियो ।








