चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक जनाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज गिरीका अनुसार माडी नगरपालिका ३ बस्ने बर्ष ३५ का पुरुष रहेका छन् ।
आफू सुत्ने कोठामा उनी आज विहान साँढे सात बजेतिर झुण्डिएको उहाँको भनाई छ । संक्रमित ति पुरुष वैशाख १५ गते भारतबाट आएको र वैशाख २१ गते बघौडा अस्पताल माडीमा कोरोना परिक्षणको लागी स्वाव दिएकोमा २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ पछि आफ्नै घरको होम आईसोलेशनमा बस्दै आएका उनले आज विहान आत्महत्या गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारीदिएको छ।








