फाईल फोटो
चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन । घाईते हुनेमा ईच्छाकामना गाउपालिका वडा न ७ सिमलटारमा बस्ने २३ वर्षका बिनोद चेपाङ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी आईतबार दिउसो ०३ः४० बजेको समयमा जंगलमा घांस काट्न जादा एक्कासी बाघले आक्रमण गर्दा घाईते भएका थिए ।
घाइते चेपाङलाइ उपचारको लागी जिल्ला अस्पताल भरतपुरमा ल्याइएको र उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सरोज गिरीले जानकारी दिए ।








