चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले ठक्करदिदाँ एक पैदलयत्राीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडीका ५६ वर्षिय धनवहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार मुग्लीनबाट नारायणगढ तर्फ आउँदै गरेको ना ४ ख ४४६० नम्बरको ट्रकले जुगेडीमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट गुरुङ घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना सोमबार राती १०ः३० वजे भएको हो ।








