सांकेतिक तस्विर
हेटौंडा । मनहरी गाउँपालिका वडा नम्बर-८ मा लाल बहादुर स्यान्ताङको गोठमा एक पुरुष मृत अवस्थामा फेला परेका छन। मृत अवस्थामा फेला परेका पुरुष मनहरी-८ बस्ने अन्दाजी ४५।४६ बर्षीय बिष्णु घिमिरे रहेको मकवानपुर प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोली रहेको र शवको मुचुल्का उठाउन काम भइरहेको जनाइएको छ।मृत्यु हुनुको कारण खुलिनसकेको र घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।








