हेटौंडा । मकवानपुरमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुरुष रहेका छन् ।
आज विहान ३ बजे हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको पालिकाको स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले बताए । बकैयामा पहिलोपटक कोरोनाबाट मृत्यु भएको हो ।
बकैयामा हाल १२ जना संकृय संक्रमित रहेका र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य सयोजक फटिकरमण प्याकुरेलले बताए । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।








