हेटौंडा। वडा प्रहरी प्रहरी कार्यालय सानोपोखरा हेटौंडामा कार्यरत प्रहरी नायव निरीक्षक जय बहादुर प्रधान जिल्लाकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन्।जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएसँगै प्रहरी नायव निरीक्षक प्रधानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैशाख महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको छ ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले प्रदान गरेको प्रशंसापत्रमा प्रहरी नायव निरीक्षक प्रधानले ब्यबसायिक, इमान्दार,लगनशिल भई उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्लाको कोराना सम्बन्धि सम्पुर्ण ब्यबस्थापन,विभिन्न मुद्दाका फरार रहेको प्रतिवादीहरुको खोजी कार्य गरी २ जनालाई पक्राउ गर्न सफल भएको,राजश्व नतिरी नगरभित्र संचालनमा आएका ट्याक्टरकालाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन सफल भएको,हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा चोरी भएको बा १४ च १५२६ नम्बरको म्याजिक नियन्त्रणमा,अपराध अनुसन्धानमा दख्खल, उत्कृष्ट प्रहरी परिचालन, बिभिन्न निकायहरुसंगको ब्यबसायिक समन्वय, चुस्त प्रहरी प्रशासन सञ्चालन लगायत प्रहरी कार्यमा सुदृढ सम्बन्ध कायम गर्न सफल भएकोले ‘बेष्ट डिस्ट्रिक पुलिस अफ द मन्थ’ को रुपमा घोषणा गर्दै पुरस्कृत गरिएको उल्लेख गरिएको छ।
यस अघि वडा प्रहरी कार्यालय हेटौंडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट पनि चैत महिनाको मकवानपुरकै उत्कृष्ट प्रहरी घोषित भएका थिए।








