सांकेतिक तस्विर
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा थप एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ की ३६ वर्षीया महिलाको संक्रमणको कारण घर (होम आइसोलेसन) मै मृत्यु भएको वडा अध्यक्ष गोकर्ण प्रसाद पराजुलीले जानकारी दिए ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई जेठ ८ गते पिसिआर परीक्षण गरिएको थियो र रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । महिला सहित परिवारका ४ जना सदस्य संक्रमित भएपछि घरमै बसेका थिए । महिलाको गएराति मृत्यु भएको र शवको व्यवस्थापनको तयारी भईरहेको बताईएको छ ।








