हेटौडा । कोरोना भाइरसको संक्रमणका कारण जेठ ३१ गतेसम्म जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गरेसँगै हेटौंडा बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल बढेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा भएको अनुगमनका क्रममा बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल बढेको पाईएको हो । जेठ २० गतेसम्म जारी निषेधाज्ञा पुनः थप गर्दै खाद्यान्न पसल, तरकारी पसल खुल्न अनुमति दिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा आज विहानै बजार अनुगमन गरिएको हो ।
यस्तैगरी बजारक्षेत्रमा खाद्यसामाग्री पसलहरु खुलेपनि ख्वपगल्लीको तरकारी तथा बसपार्कको तरकारी र मासु पसल भने बन्द गरिएको छ । अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड र एक अर्काविचको दुरी कायम गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासनिक अधिकृत गुणराज न्यौपानेले बताए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशसकिय अधिकृत गुणराज न्यौपाने, नायब सुब्बा सहदेव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवाल, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।








