• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

विकासको वाधक बन्दै आरक्ष, नेवारपानीमा हिलाम्य सडक ग्राबेलमा अवरोध

  •   सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा  ।  प्राकृतिक सम्पदा र वन्यजन्तु संरक्षणको लागि स्थापना भएको राष्ट्रिय निकुञ्ज नै विकासको बाधक बन्न थालेपछि सर्वसाधारण आक्रोशित भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पदमपोखरी सेक्टर लामिटारले हेटौंडा–१९ नम्बर वडा नेवारपानीको हिलाम्य बाटोमा भैरहेको ग्राबेलिङ कार्यमा अवरोध सृजना गरेको छ । वडा अध्यक्ष नरनाथ सुवेदी ‘नवराज’को उपस्थितीमा सानान्टारस्थित खोलाबाट ग्राबेल निकालेर हिलो बाटो पुर्ने काम भैरहेकोमा आरक्षको टोलीले अवरोध सृजना गरेको हो ।

    निकुञ्जको लामिटार पोष्टका सहायक संरक्षण अधिकृत मिथलेश महतोले सेनासहित उपस्थित भएर ग्राबेल खन्न प्रयोग भएको ट्याक्टर र जेसीवी रोक्दै काम बन्द गर्न निर्देशन दिएका थिए । वडा अध्यक्ष सुवेदीले हिलाम्य भएको बाटो मर्मतका लागि उपमहानगरपालिकाको अनुमतिसहित उपमहानगर क्षेत्रकै बगरबाट ग्राबेल उठाउने काम भैरहेको प्रमाण देखाउँदा पनि आरक्षको टोलीले मेसिन र ट्याक्टर नियन्त्रणमा लिन खोजेपछि झडपको अवस्था समेत सृजना भएको थियो ।

    विकासको काममा अवरोध सृजना गरिएको भन्दै सर्वसाधारणले आरक्षका कर्मचारीको विरुद्धमा नाराबाजी समेत गरेका थिए । ‘यहाँको क्रसर र अन्य ठेकेदारहरुले मनलाग्दी रुपमा खोला खन्दा नदेखेको झैं गर्ने आरक्षले हामीले उपमहानगरपालिकाको स्वीकृतिसहित विकास निर्माणको काम गर्न खोज्दा रोक्ने काम गरेको छ । आरक्षको एरियामा उत्खनन् गरेको पनि होइनौं । ट्याक्टर र जेसीवीको चावी थुत्ने काम भएको छ’, सुवेदीले भने, ‘पछिल्लो समय आरक्षको निकै दादागिरी भएको छ ।

    यस्तै पारा हो भने पर्सा राष्ट्रिय निकुञ्ज र यसका कर्मचारीको मनलाग्दीको विरुद्ध सर्वसाधारण आन्दोलित नहोलान् भन्न सकिन्न ।’ यस बिषयमा थप विवाद भएपछि आरक्षको टोलीले आधाभारबाट सेनाको टोली साथै ईलाका प्रहरी कार्यालय मनहरी र नेवारपानीबाट प्रहरीको थप टोली राप्ती बगरमा उतारेको थियो । बगरमा सर्वसाधारणको समेत उत्तिकै भिड लागेको थियो ।

    आरक्षको टोलीले ग्राबेल खन्न प्रयोग भएको सवारी लामिटार पोष्टमा लैजाने र छलफल गर्ने भन्दै लिँडेढिपी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकले ईलाका प्रहरी कार्यालयमा नेवारपानीमा सवारी राखेर छलफल गर्ने भनेपछि वडा अध्यक्षसहित सर्वसाधारणहरु बगरबाट हिँडेका थिए ।

    ग्राबेल निकाल्न र बोक्न प्रयोग गरिएको सवारी ईलाका प्रहरी कार्यालय नेवारपानीमा राखिएको छ । यस बिषयमा प्रतिकृया लिन खोज्दा लामिटार पोष्टका सहायक संरक्षण अधिकृत महतोको मोबाइलमा सम्पर्क हुन सकेन । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष पदम तितुङले समन्वयको अभावमा समस्या सृजना भएको प्रतिकृया दिए ।

    आरक्षको टोलीले चावी थुत्न गएको क्षेत्र निकुञ्जको हो त ? भन्ने प्रश्नमा उनले सिमांकनको एकीन नभएको प्रतिकृया दिए । विकासको काममा आरक्षको टोलीले पैसाको वार्गेनिङ गर्ने गरेको र सर्वसाधारणलाई विभिन्न बाहनामा दुःख दिने गरेको स्थानीयको आरोप छ । आरक्षको मनलाग्दी बढेको भन्दै पदमपोखरी र हाँडीखोला क्षेत्रलाई राष्ट्रिय निकुञ्जबाट हटाउनुपर्ने आवाज समेत उठ्न थालेको छ । यसका लागि पदमपोखरीका अर्जुन तिवारीको संयोजकत्वमा यसअघि नै संघर्ष समिति समेत बनेको छ ।

    हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.