हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले मकवानपुरका ६ जना पत्रकारलाई सम्मान गरेको छ।उपमहानगरपालिकाले बिहिबार आयोजित नवौ वार्षिक नगरसभामा ६ पत्रकारलाई अग्रज तथा विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।
उपमहानगरपालिकाले अग्रज पत्रकारको रुपमा कौशल पाण्डेलाई,विकास पत्रकारिताबाट रिपेश दाहाल,सम्झना रिजाल, देवराज पन्त,सृजना नेपाल र जिब्राज बख्रेललाई नगद १५ हजार कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ ।








