हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-३ बसामाडिमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ का ३२ बर्षीय कृष्णहरी कार्की रहेका छन् ।
दुर्घटनामा घाइते भएका उनको हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराति हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।








