हेटौँडा । नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । हेटौँडाको नेकपा पार्टि कार्यालयमा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य अनन्त पौडेलको प्रमुख आथित्यमा सो भेला सम्पन्न भएको थियो । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य युक्तलाल विश्वकर्मा विशेष अतिथि रहनु भएको थियो भने नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरका सह–इन्चार्ज केशब रसाईलीको सभाध्यक्षताता कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति अनन्त पौडेलले कार्यक्रममा आफु लामो समय देखि दलितहरुको हक अधिकार प्राप्तिको भन्दै लागिरहेको भन्दै जातिय भेदभाव र छुवाछुत गर्ने अधिकार कसैलाई नएभको बताउनु भयो । उहाँले यदि जुनसुकै पाटि वा व्यक्तिले जातियताको आधारमा छुवाछुत गर्छ भने कानुनी कठघरामा ल्याउनु पर्ने बताउनु भयो । रुपा सुनारको घट्नाको स्मरण गर्दै पौडेलले यो विषयलाई महत्वको साथ प्रदेश कमिटिमा उठाएको र सोको फलस्वारुप शिक्षामन्त्रीले माफी समेत मागेको दावि गर्नु भयो ।
कम्प्यूनिष्ट विचारधारा राख्ने व्यक्तिहरुले जुनसुकै विवेद गर्नु नहुने भन्दै यसको अन्त्यको लागि शैक्षिक, मनोवैज्ञानिक, आर्थिक, लैंगिक र राजनीतिक चेतना र सशक्तीकरण प्रभावकारी र उपयोगी शिक्षा दिनु पर्नेमा जोड दिनु भयो । आफु सदैव विवेदको विरुद्धमा बोल्ने र बोल्नु पर्छ भनेर आवाज उठाईरहेको भन्दै उहाँले भन्नुभयो,“घोषणा पत्रमा लेखिएको कुरा व्यवहारमा उतार्नको लागि हो,कार्यन्वयनको लागि हो, नेताले विभेद गरुन वा कार्यकर्ताले जुनसुकैले गरेता पनि पार्टीको तहबाट कार्वाही गर्नुपर्छ ।” कम्प्यूनिष्ट पाटी विवेदमा परेका, उत्पीडनमा परेकोहरुको उद्धार गर्ने पार्टी भएकाले सदैव दलितहरुको हकहितको लागि काम गर्ने बताउनु भयो । पौडेलले आफ्नो पार्टी प्रति बफादार हुन र उत्पीडित समुदायहरु एकजुट भइ आफ्नो हक अधिकार प्राप्तिको लागि सजग र सचेत हुन आग्रह गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अथिति नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य युक्तलाल विश्वाकर्माले सम्पुर्ण दलित समुदायहरु एकजुट हुन पर्ने र राजनीति बुझ्नु पर्ने कुराको ध्यानाकर्षण गराउनु भएको थियो । विश्वकर्माले जातीय छुवाछूत रास्ट्र घोषण गर्न, दलित आयोग गठन गर्न नेपाल उत्पीडित जातीय मुक्ति समाजको ठुलो भुमिका रहेको बताउनु भयो ।
उहाँले बर्गिय आधारमा आरक्षण हुनु पर्नेमा जोड दिदैँ उहाँले भन्नुभयो,“यो हुन सकेन यस तर्फ पार्र्टीका नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्छ ।” अज्ञानता र अन्धविश्वास तोड्ने दायित्व मूलतः राज्यको भएको भन्दै उच्च ओहोदामा बसेकाले जे गर्दा हुने भन्ने कुविचार अन्त्य गर्नु पर्ने बताउनु भयो । त्यस्तै केन्द्रिय सदस्य सरिता परियारले आफ्नो क्षेत्रमा पार्टीलाई बलियो बनाउन जरुरी रहेको रहेको बन्दै वडा तह बलियो बनाउन सके मात्रै नेतृत्व तह बलियो हुने बताउनु भयो । केही समय पार्टीको कार्यक्रमहरु सुन्य भएता पनि अब चलायमान बनाउदैँ सम्पुर्ण उत्पीडित समुदायहरु एकजुट हुनु आग्रह गर्नु भयो ।
केन्द्रिय सदस्य कमल कुमार विश्वकर्माले सहभागिहरुले राखेका प्रश्नको जवाफ दिँदै दलित समुदायलाई तालिम,अन्तरक्रिया,छलफल, गोष्ठीमार्फत सचेत गराउनुपर्ने आजको आवश्यता रहेको बताउनुभयो । उहाँले सम्पुर्ण जनसमुदाय हरुलाई आफ्नो पार्टी प्रति बफादार हुन र उत्पीडित समुदायहरु एकजुट भइ आफ्नो हक अधिकार प्राप्तिको लागि सजग र सचेत हुन आग्रह गर्नु भयो ।
उहाँले नेपाली दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक(साँस्किृतिक रुपान्तरणसहित नेपाली समाजमा विद्यमान जातीय छुवाछूत र भेदभाव जस्तो सामाजिक अपराध र कलंकको पुर्ण अन्त्य गर्दै सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गरी दलितहरुलाई सबै खाले उत्पीडनबाट मुक्त गराउन पार्टीले कदम चाल्नु पर्नेमा जोड दिनु भयो । सो कार्यक्रममा मकवानपुरका स्थानिय तहका जनप्रतिनिधिहरु,दलित विद्यार्थी,विभिन्न दलित संघठनमा आवद्ध रहेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








