काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको आजको बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहिबेर अघिबाट जारी रहेको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।
गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन् । आजको बैठक पार्टीभित्रको विवादलगायतका विषयमा केन्द्रित भएर छलफल हुने एक स्थायी कमिटीले जानकारी दिए ।








