• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

मेलम्चीमा फेरि बाढी ४६ घर र दुई पुल बगे

  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक । मेलम्ची खोलामा फेरि आएको बाढीले ४६ घर र दुई पुल बगाएको छ। लेदो माटो, ढुंगा र काठ मिसिएर आएको बाढीले हेलम्बु क्षेत्रमा थप भौतिक क्षति पुर्‍याएको हो। शनिबार राति हेलम्बु क्षेत्रमा भारी वर्षा भएपछि बाढी आएको हो। सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिकामा बढी क्षति पुगेको बताए।

    उनका अनुसार बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको छ। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। ‘बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको छ,’ अधिकारीले नागरिकसँग भने, ‘पुल बगेसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेको छ।’ अघिल्लो बाढीमा जोगिएको यो पक्की पुल (ट्रस ब्रिज) आइतबार बिहान बगेको हो। शनिबार रातभर मेलम्ची यो पक्की पुलमाथिबाट बगेको थियो। अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुलमात्र बग्नबाट बचेको थियो।

    गाउँपालिका र स्थानीयको प्रयासमा जाली गारो र ढुंगाले सहयोग दिएर यो पुल जोेगाउने प्रयास भइरहेका बेला पुनः अर्को बाढी आएको हो। बाढीले चनौटे बजारमा बढी क्षति गरेको प्रहरीले जनाएको छ। अघिल्लो बाढीपछि क्षति पुगेका अधिकांश घर खाली थिए। बाढीले ल्याएको लेदो माटो र ढुंगा पन्छाएपछि केही घरमा मात्र स्थानीय बस्न थालेका थिए। धेरै घर खाली रहेको र बसोबास भएका घरका स्थानीयले पनि समयमै छोडेकाले मानवीय क्षति भने हुन पाएन। बाढीले ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको एसपी अधिकारीले जानकारी दिए।

    उनका अनुसार बाढीले अरू दुई झोलुंगे पुल छोपेको छ। पुल माथिबाट मेलम्ची बगेकाले यी पुलको क्षतिको अवस्था यकिन छैन। बाढी चनौटे बजार भएर बगिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो। बाढीले यसअघि जोगिएका ग्याल्थुम र तालामाराङ बजार जोखिममा परेको प्रहरीले जनाएको छ।

    तालामाराङको प्रहरी चौकी बाढीको जोखिममा परेपछि शनिबार राति नै सुरक्षाकर्मी अन्यत्र सरेका छन्। मेलम्ची वारपार भएर नदीको दुवैतिर कटान गर्दै बगिरहेको छ। यसअघि गत असार १ गते हेलम्बु गाउँपालिका–१ भ्रेमाथाङबाट आएको पहिरोका कारणले मेलम्ची खोलामा बाढी आउँदा झन्डै ३० किलोमिटर तल मेलम्ची बजारसम्म ठूलो जनधनको क्षति पुगेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.