• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

तनहुँमा अनुमतिविनै विद्यालय सञ्चालन

  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् ।

    तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन् । निजी विद्यालयले विद्यालय पोशाक विना विद्यार्थी विद्यालयमा बोलाएका छन् भने सामुदायिक विद्यालयले विद्यालय पोशाकमै विद्यार्थी बोलाएर पठनपाठन शुरु गरेका हुन् । यद्यपि कतिपय विद्यालयका प्रधानाध्यापकले भने विद्यार्थीलाई विद्यालयमै बोलाइएपछि पठनपाठन शुरु नगरिएको दाबी गरेका छन् ।

    व्यास नगरपालिका–१ भादगाउँस्थित न्यू मनकामना बोर्डिङ स्कूलका प्रिन्सिपल दिपेन्द्र चौहानले गृहकार्य दिनका लागि विद्यार्थी बोलाएर विद्यालय सञ्चालन गरिएको जानकारी दिए। “विद्यालय खोलेको तीन चार दिन भयो, पठनपाठनभन्दा पनि विद्यार्थीलाई गृहकार्य दिने काम भएको छ”, उनले भने, “पूर्णरुपमा विद्यालय नै खुलेको होइन ।” लामो समयदेखि विद्यालय बन्द भएर विद्यार्थी घर बस्दा पढ्ने बानी हराउँदै जान थालेपछि अभिभावकको गुनासो आएकाले विद्यार्थीलाई विद्यालयमै बोलाइएको चौहानले बताए। “अभिभावकले पनि विद्यालय खोलिदिएअहुन्थ्यो भनेर गुनासो गर्न थाल्नुभयो, दुई÷तीन घण्टा विद्यार्थीलाई विद्यालयमा राखेर घर पठाउँछौँ”,उनले भने। व्यास नगरपालिका–५ साँगेस्थित व्यास मनकामना बोर्डिङका प्रिन्सिपल रामकृष्ण विकले औपचारिकरुपमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीलाई बोलाएर एक÷दुई घण्टा पठनपाठन गराइएको बताए ।

    कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमै दुई घण्टा कक्षा सञ्चालन गरिएको उनले बताए । एन प्याब्सन तनहुँका अध्यक्षसमेत रहेका उनले कतिपय विद्यालयले बससमेत सञ्चालन गरेको आफूले जानकारी पाएको बताए । व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले आइतबारदेखि विद्यालयमै पठनपाठन शुरु गरेको छ । विद्यालयका शिक्षक कृष्णचन्द्र पाण्डेले आजदेखि विद्यार्थी बोलाइएको बताए ।

    “अहिलेसम्म त हामीले पनि अनलाइनबाटै कक्षा चलाइरहेका थियौँ, तर केही दिनयता बोर्डिङ खुल्न थाले, बस पनि चल्न थालेपछि विद्यालयले कक्षा सञ्चालन गर्ने निर्णय ग¥यो”, उनले भने । उनका अनुसार जोर बार जोर कक्षा र विजोर बार विजोर कक्षा सञ्चालनको तयारी गरिएको छ । “पहिलो दिन स्वअध्ययन सामग्री पनि बाँडेका छौँ, अहिलेसम्म त अनलाइनबाटै पठनपाठन भइरहेको थियो”, उनले भने । दमौलस्थित वाराही बोर्डिङका प्रिन्सिपल विष्णु खड्काले परीक्षा सञ्चालनका लागि विद्यालय खोलिएको र बस सञ्चालन गरिए पनि पठनपाठन भने नभएको बताए।

    “परीक्षा सञ्चालनका लागि दुई घण्टा विद्यालय खोलेका छौँ”, उनले भने । व्यास नगरपालिका–१ का अभिभावक विष्णु थापाले विद्यालयले विद्यालय खोलेर बच्चा पठाउन भनेपछि आफूले छोराछोरीलाई विद्यालय पठाउन थालेको एक हप्ता भएको बताए । “कोभिडको जोखिम झनै बढेको छ तर विद्यालयले बच्चा पठाउनु भनेपछि पठाउनै प¥यो”, उनले भने । व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको जानकारी पाएको बताए ।

    “विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय सञ्चालकले जानकारी गराएका छन्, तर हामीले खोल्ने अनुमति दिएका छैनौँ”, उनले भने, “कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका छौँ ।” उनले केही भए त्यसको जवाफदेही स्वयं विद्यालय हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने साउन २० गतेसम्म निषेधाज्ञा कायमै रहेको र पठनपाठनका लागि विद्यालय खोल्ने अनुमति नभएको बताए ।

    “केही दिन अगाडि एक÷दुई वटा विद्यालय खुलेको जानकारी आएको थियो, लगत्तै विद्यालय बन्द गर्न निर्देशन दियौँ”, उनले भने । तर परीक्षा सञ्चालनका लागि भने आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न दिइएको प्रजिअ आचार्यले बताए ।रासस

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.