• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

काँग्रेसको १४औँ महाधिवेशन : कार्यतालिका छोट्याएर निर्धारित समयमै

  •   मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ ।

    वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एक/दुई दिन मात्रै राखेर भए पनि समयमै अधिवेशन गरिने काँग्रेसले जनाएको छ । काँग्रेसले भदौ १६ गते १४औँ केन्द्रीय महाधिवेशन शुभारम्भ गर्ने तय गरेको छ ।

    कार्यतालिका समय छोटो हुने

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विभिन्न तहको अधिवेशन हुने दिनलाई छोट्याएर कार्यतालिका छोटो बनाउने जानकारी दिए। अब वडा र पालिकास्तरको अधिवेशन सम्भव भएसम्म एकै दिन र नभए एक दिन मात्र फरक गरिनेछ । यसअघिको कार्यतालिकामा वडा र पालिकास्तरको अधिवेशनमा चार दिनको फरक थियो । यसका साथै जिल्ला र प्रदेशस्तरमा हुने फरक पनि छोट्याइनेछ ।

    जिल्लामा पनि प्रदेश निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचनको क्षेत्र र जिल्ला अधिवेशनमा एक/दुई दिनकै फरकमा गरिनेछ । स्थानीयस्तरको पार्टीको संरचनाको अधिवेशनमा लाग्ने दिन छोट्याउन सके निर्धारित समयमै अधिवेशन गर्न सकिने विश्वास लिइएको छ ।

    दुई दिनभित्र क्रियाशील टुङ्गो
    पार्टीले क्रियाशील सदस्यताका बारेमा देखिएको विवादको किनारा ढिलोमा दुई दिनभित्र टुङ्गो लगाउने भएको छ । मुख्य सचिव पौडेलले शीर्ष नेताहरूले यसमा आवश्यक काम गरिरहनुभएको जानकारी दिँदै ढिलोमा दुई दिनभित्र सबै विवाद समाधान गरिने जानकारी दिए। यसअघि बसेको पार्टी पदाधिकारी बैठकले क्रियाशील सदस्यताका बारेमा बाँकी रहेको विवाद मिलाउने जिम्मेवारी शीर्ष नेतालाई दिने निर्णय गरेको थियो ।

    पार्टीका केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको छानबिन समितिले साउन १२ गते पार्टी सभापति शेरबहादुर देउवालाई छानबिन समितिको अन्तिम प्रतिवेदन बुझाएको थियो । छानबिन समितिले धनुषा, सर्लाही, बारा र सप्तरी गरी चारवटा जिल्लामा नयाँ क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकेन । पार्टी समायोजनका क्रममा वितरण गरिएको क्रियाशील सदस्यताका कारण सिन्धुपाल्चोक र रसुवा जिल्लाको विवादमा पनि छानबिन समिति निचोडमा पुग्न सकेको थिएन । यी सबै विवाद शीर्ष नेतृत्वले नै समाधान गर्ने गरी छानबिन समितिले प्रतिवेदन बुझाएको थियो । मुख्य सचिव पौडेलले अब क्रियाशील सदस्यताको सबै खाले विवाद समाधान गरी पार्टी महाधिवेशनमा जुट्ने बताए ।

    पार्टीले क्रियाशील सदस्यताको विवाद निचोडमा पु-याउन नसक्दा साउन १२ का लागि तोकिएको वडास्तरीय र साउन १६ को पालिकास्तरको अधिवेशन स्थगित गर्ने निर्णय काँग्रेसले यसअघि नै गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.