• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

जवानदेखि एसपीसम्म ११ लाई विभागीय कारबाही, तीन बर्खास्त

  •   बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ ।

    प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य ११ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

    प्रतिवेदनमा समितिले प्रश्नपत्र लिक प्रकरणमा मुख्य दोषी देखिएका प्रहरी नायब निरीक्षक जनक थापा, परिचर सुरेश बम र हबल्दार कुमार शाहलाई प्रहरी सेवाबाटै बर्खास्त गर्न सिफारिस गरेको छ । हबल्दार शाहले यूएन शाखाबाट प्रश्नपत्र झिकेर भाइबरमार्फत आउट गरेको पुष्टि भइसकेको छ ।

    – जवानदेखि एसपीसम्म ११ लाई विभागीय कारबाही

    प्रहरी महानिरीक्षकको सचिवालयका नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको संयोजकत्वमा गठित समितिले छानबिन सकेर ५ सय ५० पृष्ठ लामो प्रतिवेदन प्रहरी महानिरीक्षक थापालाई बुझाएको हो ।

    प्रहरी प्रवक्ता वसन्त कुँवरले छानबिन समितिले प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन बुझाएको र प्रतिवेदन अध्ययनपछि समितिले गरेका सिफारिसका आधारमा थप निर्णय हुने जानकारी दिए ।

    विभागीय कारबाहीमा कोको ?
    प्रश्नपत्र लिक भएपछि गठित छानबिन समितिले तीन दर्जन प्रहरी कर्मचारीलाई छानबिनको दायरामा तानेर सोधपुछ गरेको थियो । सो क्रममा उनीहरूले चलाएका मोबाइल र त्यसबाट भएका कुराकानी, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जाललगायतलाई प्रविधिको प्रयोग गरेर अनुसन्धान गरिएको थियो ।

    सो क्रममा संलग्नता पुष्टि भएपछि समितिले दुई एसपीसहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । कारबाहीमा पर्नेमा यूएन शाखाका प्रमुख रहेका एसपी अनुपमशमशेर जबरासमेत छन् । यूएन शाखामा रहेको प्रश्न उनीसँगै चाबी भएको दराजमा थियो । तर, उनी घर भएको समयमा प्रश्न चोरी भएको थियो ।

    यसैगरी, परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट र प्रहरी निरीक्षक ईश्वरी भण्डारीसमेत विभागीय कारबाहीका लागि सिफारिसमा परेका छन् । उनीहरूलाई सामान्य कारबाही सिफारिस गरिएको छ । उनीहरूले प्रश्नको सुरक्षा गर्न नसकेको र लापर्बाही भएको पाइएको प्रतिवेदनमा भनिएको छ ।

    यसैगरी, डीएसपी रूपेश खड्का र अर्का डीएसपी सुगन्ध श्रेष्ठलाई हदैसम्मको कारबाहीका लागि सिफारिस गरिएको छ । यस्तै, प्रहरी निरीक्षक दिलिप क्षत्री, प्रहरी नायब निरीक्षक केदार तिमिल्सना, प्रहरी नायब निरीक्षक सुनिल भण्डारी, प्रहरी नायब निरीक्षक केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की, प्रहरी जवान सुनिता नेपाललाई पनि विभागीय कारबाहीका लागि छानबिन समितिले सिफारिस गरेको छ । डीएसपी खड्का पहिले यूएन शाखामा नै कार्यरत थिए ।

    डीएसपी पाठकबाट सूचना
    प्रिस्याट प्रश्नपत्र आउट भएको सूचना प्रहरी प्रधान कार्यालयले परीक्षार्थीबाट नै पाएको थियो । सो सूचना पाएपछि प्रधान कार्यालयले पहिले सत्यतथ्य बुझेको थियो । सूचना भरपर्दो भएको पाइएपछि प्रधान कार्यालयले आन्तरिक छानबिन अघि बढाएको थियो ।

    आउट भएको प्रश्नपत्र परीक्षार्थी रहेका यूएन शाखामा नै कार्यरत डीएसपी बासु पाठकलाई समेत पुगेको थियो । उनले प्रश्नपत्र आइलागेपछि तत्कालै सोबारे उपल्लो निकायमा जानकारी दिएका थिए । त्यसपछि प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको रहस्य खुलेको थियो । सो सूचनापछि प्रधान कार्यालयले डीआईजी नेतृत्वमा छानबिन समिति बनाएर छानबिन थालेको थियो । समितिलाई समेत डीएसपी पाठकले दिएको सूचना नै छानबिनका लागि सहयोगी बनेको थियो । उनी भने यो प्रकरणमा निर्दोष देखिएका छन् ।

    ‘पाठकले दिएको सूचनाले यो प्रकरणको छानबिनका लागि एउटा फ्रेम तयार ग¥यो, यसले प्रहरी संगठनभित्रको विकृति मात्रै रोकेन, त्यस्ता काममा संलग्नलाई निरुत्साहित गर्दै प्रहरी संगठनप्रतिको विश्वास पनि बढाउन सहयोग गरेको छ,’ छानबिन समितिका एक सदस्यले भने ।

    १ सय १९ जनाको हातमा पुगेको थियो प्रश्नपत्र
    छानबिन समितिले तयार गरेको छानबिनपछिको प्रतिवेदनअनुसार प्रश्नपत्र लिक भएपछि परिचर हुँदै विभिन्न तहका १ सय १९ प्रहरी कर्मचारीसम्म पुगेको पाइएको छ ।

    प्रधान कार्यालयले १५ र १६ साउनका लागि सातै प्रदेश र उपत्यकासहित गरी २ हजार ४ सय परीक्षार्थीसँग प्रिस्याट परीक्षा लिँदै थियो । तर, १६ गतेको परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो । त्यसपछि प्रधान कार्यालयमा भएको परीक्षाका लागि भने नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गरेको थियो ।

    सबै परीक्षा रद्द
    यूएन शाखाको लापर्बाहीका कारण प्रश्नपत्र बाहिरिएको ठहर गर्दै छानबिन समितिले सबै परीक्षा रद्द गर्न प्रतिवेदनमार्फत प्रहरी महानिरीक्षकलाई सिफारिस गरेको छ । समितिले सबै परीक्षा रद्द गरेर नयाँ परीक्षा लिन भनेको हो ।

    सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेर अनुसन्धान गरेको थियो ।आजको राजधानी दैनिकमा समाचार छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.