देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको सिटि हलमा आज नेकपा एमाले देवघाट गाउँ कमिटिको अधिवेशन सम्पन्न भएको छ ।देवघाट गाउँ कमिटिको अधिवेशनबाट केशवचन्द्र न्यौपाने सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् ।
अधिवेशनले न्यौपानेको अध्यक्षतामा ६३ सदस्यिय कमिटि गठन गरेको छ । किमिटिको उपाध्यक्षमा भोजराज नैनावस्ती, सचिवमा भिम बहादुर गुरुङ र उपसचिवमा जमुना न्यौपाने र हर्कबहदादुर थापा क्रमशः चयन भएका छन् ।
गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एक बहादुर राना, जिल्ला अध्यक्ष केदार सिग्देल, सचिवालय सदस्य प्रदिपराज अधिकारी, देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापा, एमाले जिल्ला सदस्य बाबुराम अधिकारी लगायतले मन्तव्य राखेका थिए ।








