• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

फोनिज मकवानपुरमा नयाँ नेतृत्व, अग्रज सम्मानित

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा ।  नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा अशोकसुजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता रानालाई चयन गरेको हो ।

    कार्यसमितिको सदस्यहरुमा भुवन घलान, मञ्जरी बलामी, आशिष राना प्रजा, जमुना थिङ, भुपेन्द्र राना मगर र सम्झना मगरलाई चयन गरेको छ । १३ सदस्सीय कार्यसमितिमा २ सदस्य तामाङ पत्रकार समूह र नेवाः पत्रकार राष्ट्रिय दबूको सिफारिसमा मनोनित गरिने भएको छ । यसैगरी, फोनिजको बागमती प्रदेश प्रतिनिधिमा मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई चयन भएका छन् । साथै, फोनिजको संघीय(केन्द्रीय) प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सुवर्णलाल श्रेष्ठ र रञ्जिता डंगोल चयन भएका छन् ।

    कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाई पत्रकारिता क्षेत्रमा निरन्तर लामोसमय योगदान पु¥याएको उच्च मुल्यांकन गर्दै नगद ५ हजारसहित फोनिज पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यस्तै, फोनिज मकवानपुरका संस्थापक अध्यक्ष देव लामा, पूर्वअध्यक्षहरु कुमार नेगी र पुर्णिमा लामा तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलाई फोनिज र आदिवासी जनजातिको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

    हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष कृष्ण सारु मगरको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, फोनिज बागमती प्रदेशका महासचिव सुरजकुमार भुजेल, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेवाः देय् दबु मकवानपुरका अध्यक्ष योगेश्वर श्रेष्ठ, वनकरिया समुदायकी अगुवा सन्तमाया वनकरिया र विष्णुमाया वनकरिया, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष एवं प्रेस यूनियन मकवानपुरका सचिव केशव सर्मपण, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरका पूर्व अध्यक्ष कुमार नेगी, थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरी, नेपाल मगर साँस्कृतिक संघ बागमती प्रदेश उपाध्यक्ष भुपेन्द्र राना मगर, किराँत राई यायोख्या केवी राई लगायतको आतिथ्यता रहेको थियो ।

     

    हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.