हेटौँडा । पश्चिम मकवानपुरको महनहरीबाट प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–९ बाट ४९ वर्षीय राम बहादुर घलानलाई लागुऔषध गाँजा ४ केजीसहित पक्राउ गरेको हो ।
सूचनाको आधारमा पुगेको प्रहरी टोलीले घलानले सञ्चालन गर्दै आएको घुम्ती पसलमा जाँच गर्दा उक्त परिणामको गाँजा फेला पार्पछि उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








