हेटौंडा। शनिबार पश्चिम वायुको प्रभावले देशभर हल्का बर्षा र हिमपातको संभावना रहेसँगै यतिबेला मकवानपुरका उत्तरी क्षेत्र थाहानगरमा रहेको सिमभञ्याङमा हिमपात सुरु भएको छ।
समुन्द्री सतहबाट २४८८ मिटर उचाइमा रहेको उक्त स्थानमा केहीबेर अघिबाट हिमपात सुरु भएको हो।मौसममा आजको बद्लीका कारण उक्त क्षेत्रमा हिजो पनि हिमपात भएको थियो।








