हेटौंडा । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने २८ वर्षीय युवक थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थोकरलाई ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो गढी–४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, सोमबार दिउँसो १२ः २० बजेको समयमा उक्त स्थानमा ना ४९ प ८४७८ नम्वरको मोटरसाइकल दुर्घटना भएको सूचनाको आधारमा पुगेको प्रहरीले मोटरसाइकल चालक थोकरलाई कागजपत्र मग्दा नभएको र भारत पुर्वी चम्पारण मोतिहारी जिल्ला घर भई हाल हेटौंडा–८ औधोगिक क्षेत्रभित्र रहेको यति पोलिकम प्रा.लि. मा कार्यरत ५० वर्षीय रामदरस सहनीको गत फागुन ५ गते कम्पनीको आवास क्षेत्रबाट हराएको मोटसाइकलको ईन्जिन र च्यासिस नं. मिलेको हुदाँ निजलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थोकरलाई मंगलबार मकवानपुर जिल्ला अदालतबाट चोरी मुद्धामा १० दिन म्याद थप गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।








