देवघाट । देवघाट गाउँपालिकामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । वडा नम्बर ५ गोहीटारकी ६८ बर्षीया महिलाको आईतबार राती मृत्यु भएको थियो । उनको पिसिआर परिक्षणको लागि शनिबार स्वाव संकलन गरिएको थियो ।
सोमबार विहान आएको रिर्पोटमा कोरोना पोजेटिभ पुष्टि भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए । उनमा कोरोनाको सामान्य लक्षण देखिएको थियो । पिसिआर परिक्षण गरेर उनी धर्मार्थ अस्पतालबाट केही औषधी लगेर घरमै बसेकी थिईन् । आईतबार अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको थियो । उनको शव सोमबार व्यवस्थापन गरिएको छ ।
नेपाली सेना र उनको परिवारका सदस्यले शव व्यवस्थापन गरेका थिए । कोरोना संक्रमित भएपनि देवघाट गाउँपालिकाम संक्रमितको मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताए ।








