देवघाट तनहुँ । तनहुँको देवघाटमा विभिन्न प्रजातिका करिब दुइ सय बिरुवा बृक्षारोपण गरि चुरे संरक्षण दिवस मनाइएको छ । आज असार ३ गतेका दिन डिभिजन वन कार्यालय तनहुँ दमौलीको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा “चुरेको माटो चुरेलाई,सफा पानी सबैलाई” भन्ने मुल नाराका साथ देवघाट गाउँपालिकाको सिटी हल परिसरमा १२ प्रजातिका म्याङ्गो स्टिक, कपुर, अमला, श्रीखन्ड,रक्तचन्दन, अशोक , तेजपत्ता, अम्बा , धुपी, कटहर, बेल, पारिजात लगाएतका करिब दुई सय बिरूवाहरू बृक्षारोपण गरि चुरे संरक्षण दिवस मनाइएको छ।
देवघाट गाउँपालिकाको सिटि हलमा औपचारिक कार्यक्रम गर्दै सो दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले चुरे आम नागरिकको जीवन तथा सभ्यता भएको बताउनुभयो । चुरे क्षेत्रको संरक्षणमाको लागि सवै स्थानहरु बाट लाग्नुपर्नेमा थापाले जोड दिनुभयो । देवघाट क्षेत्रमा लियो क्लव अफ चौतारी देवघाटले सडकको वरपर धार्मिक विरुवा रोप्न लागेको अध्यक्षले थापाले बताउनुभयो।
सो कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवं देवघाट गाउँपालिका ५ वडाअध्यक्ष याल बहादुर गुरुङले चुरे वनको संरक्षण गर्न सबै नागरिकसँग आग्रह गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी एमाले देवघाट कमिटिका अध्यक्ष केशव न्यौपानेले चुरेले माया गरेर बचाउ भनि रहेको बेला हामी त्यसको अतिक्रमणमा लागेको भन्दै अतिक्रमण रोक्न हामि सबै लाग्नु पर्ने बताउनुभयो ।
चुरे संरक्षणको लागि यस क्षेत्रमा बृक्षारोपण तथा वन संरक्षणको कार्य निकै महत्वपुर्ण भएकोले बृक्षारोपण गरिएको इलाका वन कार्यालयका प्रमुख सहायक वन अधिकृत नवराज घिमिरेले बताए । कार्यक्रममा देवघाट वुद्धिजिवी परिषद्का अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठ,इलाका प्रहरी कार्यालय देवघाट तनहुँका इन्चार्ज सुशील लामिछाने,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त,लियो क्लव अफ चौतारी देवघाटका आत्मराम पाण्डे,टोलबिकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
महाभारत पर्वत सृङखलाको दक्षिणी सिमानाबाट तराईको उत्तरी सिमाना बिचको होंचो डाँडो र पर्वत सृङखलालाई चुरे क्षेत्र भनिन्छ । पुर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महभारत सृङखलाबाट बग्ने नदीहरु चुरे भई तराई तर्फ बग्ने भएकोले यो क्षेत्रलाई संवेदनशिल मानिन्छ । चुरेको संरक्षणकोलागि आर्थिक वर्ष २०६७÷०६८बाट राष्ट्रपती चुरे संरक्षण कार्यक्रम सन्चालन गरिएको छ ।








