देवघाट । तनहुँको देवघाट गाउँपालिकाका वडा नम्बर ५ साउने भुजेल समुदायमा दश लाख बराबर लागतको बालविकास केन्द्रको आज एक कार्यक्रम गरि देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले सो भवनको शिलान्यास गर्नुभयो ।
रोटरी क्लब अफ नारायणगढको सहयोग र गाउँपालिकाको सहकार्यमा सो केन्द्र बन्न लागेको हो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज सो केन्द्रको शिलान्यास गर्दै बालबिकास केन्द्रको पुरानो भवनलाई भत्काएर नयाँ बनाउन लागिएको बताउनुभयो।साथै अध्यक्ष थापाले रोटरी क्लब अफ नारायणगढले देवघाट गाउँपालिकाको विभिन्न क्षेत्रहरुमा सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद समेत दिनुभयो।
कार्यक्रममा देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका ५ नम्बर वडाको बिकास निरन्तर अगाडी बढेको बताउदै कुनै पनि कसर नराखी सवै संग समन्वय गरि अगाडी बढ्ने बताए। भवनको गेट र तारबारको काम भने गाउँपालिका आफैले बनाउँदै छ ।
केन्द्रमा भुजले समूहका १५ बालबालिका अध्ययन गर्छन्,भवन पुरानो भएको हुनालेले साना साना बालबालिकाहरुला बस्न र अध्ययन गर्न कठिन भइ रहेको बेला रोटरी क्लब अफ नारायणगढ र देवघाट गाउँपालिकाको समन्वयमा बालविकास केन्द्रको भवन बन्ने पक्का भए पछी भुजेल समुदायमा खुशी छायाको स्थानीय आईतमाया भुजेलले बताए। त्यसैगरी रोटरी क्लबको ग्लोबल ग्रयाण्डअन्तर्गत सोही ठाउँमा आज सिँचाइ र खानेपानीको वृहत सर्वेक्षण भएको रोटरी क्लब अफ नारायणगढ संस्थापक अध्यक्ष निरन्ज प्रधानले जानकारी दिनुभयो ।

सो कार्यक्रममा रोटरी क्लब अफ नारायणगढ निबर्तमान अध्यक्ष अनुकुल श्रेष्ठ,सचिब,दिलिप कुमार तमाङ,पूर्ब अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,पूर्ब अध्यक्ष राजेन्द्र ओली,पूर्ब अध्यक्ष संजय श्रेष्ठ,पूर्ब अध्यक्ष रमेश पौडैल,पूर्ब अध्यक्ष शुसन लाल प्रधान,प्रथम उपाध्यक्ष यज्ञमुनी बज्राचार्य,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ,देवघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष सान श्रेष्ठ,रोट्र्याक्ट क्लव अफ नारायणगढका अध्यक्ष प्रयास श्रेष्ठ,सदस्य सत्यम श्रेष्ठ नबिन पोद्दार,पूजा कार्की लगाएतको उपस्थित रहेको थियो भने रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अरूण कुमार खनाल अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।








