देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ मा रहेको एतिहासिक घण्टाचुली पर्यटन बिकास क्षेत्रको आज सम्झौता गरेसँगै एतिहासिक घण्टाचुली पर्यटन बिकास क्षेत्रले मुहार फेर्ने पक्का भएको हो। देवघाट गाउँपालिकाको पर्यटकीय संभावना बोकेको क्षेत्रको मृत सन्जिवनि_ शिवशक्ति र इको कम्पनी हेटौंडाले संयुक्त सम्झौता भएको छ।
सम्झौता पत्र आदानप्रदान गर्दै एतिहासिक घण्टाचुली बिकास पर्यटन क्षेत्रको निर्माण कार्यलाई सहयोग र सहज गर्न देवघाट गाउँपालिका तयार रहेको बताउदै गुणस्तरीय रुपमा समयमै भवनको निर्माण सम्पन्न गर्न देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले आग्रह गर्नुभयो। सो एतिहासिक घण्टाचुली पर्यटन बिकास क्षेत्रको सूचना प्रकाश भने जेठ ६ गते भएको र सुचना अनुसार २ वटा बोलपत्र कार्यालयमा पेस भएको थियो ।
जसमा प्रविधिक र आर्थिक प्रस्तावको मुल्यांकनमा मृत सन्जिवनि_ शिवशक्ति र इको कम्पनी हेटौंडाले संयुक्त हेटौंडा पहिलो नम्बरमा परेको थियो। बोलपत्रको मुल्यांकन प्रक्रिया पुरा गरि आज सम्झौता गरिएको हो। सो एतिहासिक घण्टाचुली पर्यटन बिकास क्षेत्रको निर्माण कार्य २०८० साल असार मसान्तसम्म भित्र सम्पन्न गर्नुपर्ने छ।
सो एतिहासिक घण्टाचुली पर्यटन बिकास क्षेत्रको निर्माणको लागि नेपाल सरकार पर्यटन मन्त्रालय बाट ३ करोड ५० लाख देवघाट गाउँपालिका १ करोड ५० लाख गरि मुल्य वृद्धि संयोजना र भैपरि खर्च सहित ५ करोड छुटाए पनि सो को टेण्डर आभन गरेकोमा टिघटाउमा सवै भन्दा कम टेन्डर हाल्ने निर्माण व्यावसायि फर्म मृत सन्जिवनि_ शिवशक्ति र इको कम्पनी हेटौंडाले २ करोड ९४ लाख हालेको फर्म सुकृत भइ सम्झौता भएको हो।
करिब ३ सय रोपनी क्षेत्रफल भएको जमिन भएता पनि करिब दुई रोपनी क्षेत्रफल भित्र भ्यु टावर,लिफ्टिङ्ग खानेपानी,पौज मार्ग स्तर उन्नति,रानि पोखरी निर्माण,एतिहासिक दरबरको संरक्षण,पैताल मर्गा निर्माण गेट,पिकिनि इस्प्रोट,चौकिदार भवन क्यान्टिङ्ग आदि बन्ने देवघाट गाउँपालिका इन्जिनियर प्रमुख तिर्थराज ढुंगानाले जानकारी दिनुभयो ।
कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा,देवघाट गाउँपालिका प्रशासन प्रमुख गोविन्द पौडेल, मृत सन्जिवनि_ शिवशक्ति र इको कम्पनी हेटौंडाले संयुक्त हेटौंडा मकवानपुरका प्रतिनिधि राममणि बर्तौला लगाएतको उपस्थिति रहेको थियो।








