तनहु । मकवानपुरको राक्सिराङ गाउँपालिकाका दुइ जना १२ किलो ६०० ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा राक्सिराङ–७ का २९ बर्षीय क्षेत्र कुमार चेपाङ र सोहि स्थान बस्ने १८ वर्षीय दिप बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले बताएका छन् ।
उनिहरुलाई ईलाक प्रहरी कार्यालय भानुकुमान डुम्रेको टोलीले सुरक्षा जाँच गर्ने क्रममा तनहुँ भानु–६ पड्के पसलबाट पक्राउ गरेको हो । पक्राउ परेका दुई जना माथी आवश्यक अनुसन्धान सुरु गरिएको तनहुँ प्रहरीले जनाएको छ ।








