देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको स्वास्थ शाखालाई आज लाइन्स क्लब इन्टरनेशनल ड्रीष्टिक 3३२५ बि २ नेपाल एरिया ३ ले एक थान ऑक्सीजन कन्सन टेटर सहयोग गरेको छ।देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरलाइ लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रीक 3३२५ बि २ नेपाल ड्रीष्टिक गभर्नर रामप्रसाद भट्टले सो ऑक्सीजन कन्सन टेटर हस्तान्तरण गर्नुभएको थियो।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिश्व महामारीको रुपमा देशको विभिन्न स्थानहरुमा फैलिएको कोविड १९ कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि देवघाट गाउँपालिकाकोलाई मध्य नजर गर्दै लाइन्स क्लब इन्टरनेशनल ड्रीष्टिक 3३२५ बि २ नेपाल एरिया 3ले गाउँपालिका स्वास्थ्य साखालाइ ऑक्सीजन कन्सन टेटर सहयोग गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद समेत दिनुभयो। साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागी प्रचारप्रसार,माईकिङ्ग र विभिन्न स्थानमा ब्यानर र देवघाट प्रवेश नाकाहरुमा कडाई गरि आफ्नो गाउँपालिका बासीलाई सुरक्षित राख्नको लागि निरन्तर अगाडी बढेको उहाँले बताउनु भयो।
सो लाइन्स क्लब इन्टरनेशनल ड्रीष्टिक 3३२५ बि २ नेपालका ड्रीष्टिक गभर्नर रामप्रसाद भट्टले देवघाट एक पर्यटकीय,धार्मिकधाम संगै बृद्धहरु बढी बस्ने क्षेत्र भएको हुनाले पनि कोरोना भाइरस संक्रमण बिरामीहरुलाई थप उपचार गर्न सहयोग होस् भन्ने उद्देश्यले चितवन र नवलपुर क्षेत्रका लाइन्स क्लबहरु तथा देश बिदेशमा रहनु हुने लाइन्सका परिवार सदस्यहरु बाट सहयोग जुटाई सो ऑक्सीजन कन्सन टेटर सहयोग गरेको बताउनुभयो।
साथै लाइन्स क्लबले देशको विभिन्न स्थानहरू बुटवल,बिरगंज,हेटौंडा लगाएत अन्य ठाउँहरुमा स्वास्थ्य सामाग्री,स्वास्थ्य उपकरण,आइसोलेशन वार्ड,र बिरामीहरुलाई खाना खुवाउने तथा रक्तदान कार्यक्रम समेत गरेको भट्टले जानकारी दिनुभयो। सो कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे,देवघाट गाउँपालिका स्वास्थ साखा प्रमुख प्रदीप बुढाथोकी,कोविड संयोजक सिद्धार्थलाल चुके,ॠजन चियर प्रशन बालगोपाल चुके,देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगाएतको उपस्थिति रहेको थियो









