• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चुरे संरक्षण दिवसको अवसरमा देवघाटमा दुई सय विरुवा बृक्षारोपण

  •   बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ ।  तनहुँको देवघाटमा विभिन्न प्रजातिका करिब दुइ सय बिरुवा बृक्षारोपण गरि चुरे संरक्षण दिवस मनाइएको छ । आज असार ३ गतेका दिन डिभिजन वन कार्यालय तनहुँ दमौलीको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा “चुरेको माटो चुरेलाई,सफा पानी सबैलाई” भन्ने मुल नाराका साथ देवघाट गाउँपालिकाको सिटी हल परिसरमा १२ प्रजातिका म्याङ्गो स्टिक, कपुर, अमला, श्रीखन्ड,रक्तचन्दन, अशोक , तेजपत्ता, अम्बा , धुपी, कटहर, बेल, पारिजात लगाएतका करिब दुई सय बिरूवाहरू बृक्षारोपण गरि चुरे संरक्षण दिवस मनाइएको छ।

    देवघाट गाउँपालिकाको सिटि हलमा औपचारिक कार्यक्रम गर्दै सो दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले चुरे आम नागरिकको जीवन तथा सभ्यता भएको बताउनुभयो । चुरे क्षेत्रको संरक्षणमाको लागि सवै स्थानहरु बाट लाग्नुपर्नेमा थापाले जोड दिनुभयो । देवघाट क्षेत्रमा लियो क्लव अफ चौतारी देवघाटले सडकको वरपर धार्मिक विरुवा रोप्न लागेको अध्यक्षले थापाले बताउनुभयो।

    सो कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवं देवघाट गाउँपालिका ५ वडाअध्यक्ष याल बहादुर गुरुङले चुरे वनको संरक्षण गर्न सबै नागरिकसँग आग्रह गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी एमाले देवघाट कमिटिका अध्यक्ष केशव न्यौपानेले चुरेले माया गरेर बचाउ भनि रहेको बेला हामी त्यसको अतिक्रमणमा लागेको भन्दै अतिक्रमण रोक्न हामि सबै लाग्नु पर्ने बताउनुभयो ।

    चुरे संरक्षणको लागि यस क्षेत्रमा बृक्षारोपण तथा वन संरक्षणको कार्य निकै महत्वपुर्ण भएकोले बृक्षारोपण गरिएको इलाका वन कार्यालयका प्रमुख सहायक वन अधिकृत नवराज घिमिरेले बताए । कार्यक्रममा देवघाट वुद्धिजिवी परिषद्का अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठ,इलाका प्रहरी कार्यालय देवघाट तनहुँका इन्चार्ज सुशील लामिछाने,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त,लियो क्लव अफ चौतारी देवघाटका आत्मराम पाण्डे,टोलबिकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    महाभारत पर्वत सृङखलाको दक्षिणी सिमानाबाट तराईको उत्तरी सिमाना बिचको होंचो डाँडो र पर्वत सृङखलालाई चुरे क्षेत्र भनिन्छ । पुर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महभारत सृङखलाबाट बग्ने नदीहरु चुरे भई तराई तर्फ बग्ने भएकोले यो क्षेत्रलाई संवेदनशिल मानिन्छ । चुरेको संरक्षणकोलागि आर्थिक वर्ष २०६७÷०६८बाट राष्ट्रपती चुरे संरक्षण कार्यक्रम सन्चालन गरिएको छ ।

     

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.