तनहुंँ । लमजुंगबाट हराएकी एक बालिका तनहुंँमा फेला परेकी छिन । मध्यनेपाल नगरपालिका वडा नम्बर ४ , सोती पसल बगैंचा घर बताउने ८ बर्षकी मनिषा बस्नेत तनहुंँको व्यास नगरपालिका वडा नम्बर ३ सिर्जना टोलमा फेला परेकी हुन् ।
आमा बिद्या बस्नेत र बाबा बिकेश बस्नेत नाम बताउने पातल आधारभूत बिद्यालय सोतिपसलमा कक्षा २ मा अध्ययन गर्ने उनी आज बिहान ९ बजे फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बालिकालाई चिन्ने जोकोही व्यक्तिले बालिकाको अभिभावकलाई सम्पर्क गरिदिन तनहुँ प्रहरीले अनुरोध समेत गरेको छ ।








